जन्मदिनको शुभकामना साम्राज्ञी


जन्मदिनको शुभकामना साम्राज्ञी

नेपालगन्ज: नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै एउटा उचाई प्राप्त गरेकी नायिका हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै, साम्राज्ञी आज आफ्नो २५ औं जन्मदिन मनाइरहेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा ‘ड्रिम्स’बाट उदाएकी साम्राज्ञीले पहिलो चलचित्रबाट नै सफलता प्राप्त गरिन् । यसपछि उनको ‘ए मेरो हजुर २’ पनि बक्स अफिसमा हिट भयो ।

यसपछि भने साम्राज्ञीलाई लिएर चलचित्र बनाउन चाहनेहरुको संख्या ह्वात्तै बढ्यो । साम्राज्ञीले अभिनय गरेका ‘तिमी सँग, कायरा, इन्टु मिन्टु लण्डनमा, मारुनी, रातो टिका निधारमा’ यसअघि रिलिज भैसकेका चलचित्र हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

पछिल्लो समय बक्स अफिसमा चलचित्र असफल हुँदा साम्राज्ञीलाई समस्या भैरहेको छ । साम्राज्ञी चलचित्रसँगै विभिन्न समयमा तस्वीरका कारण पनि चर्चामा आउने गर्छिन् । कहिले संवेदनशिल अंग तल खिचिएको ट्याटु होस् या कहिले प्रेमीसँगको तस्वीरले उनलाई विवादमा ल्याउने गरेको छ ।

साम्राज्ञी अब निर्देशक हेमराज वीसीको चलचित्रमा काम गर्ने तयारीमा छिन् । आफ्नो जिन्दगीको विशेष दिन मनाइरहेकी नेपाली चलचित्र उद्योगकी उदयमान नायिका साम्राज्ञीलाई हाम्रोतर्फबाट जन्मदिनको शुभकामना ।