न्यूनतम पारिश्रमिक माग गर्दै नर्सिङ्गस्टाफ आन्दोलित
नेपालगन्ज: न्यूनतम पारिश्रमिकको माग गर्दै नर्सिङ्गस्टाफ आन्दोलिनमा उत्रिएका छन् । लर्डबुद्व एजुकेशनल एकेडेमीका ट्रेनि स्टाफ नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
आईतबारबाट हरेक विहान साढे नौ बजेदेखि साढे १० बजेसम्म हरेक डिपार्टमेन्टमा १ जना रहने गरि सेवाग्राहीलाई मर्का नपर्ने गरि विरोधका कार्यक्रम गर्दै आईरहेको छ ।
लर्डबुद्ध एजुकेशनल एकेडेमीका सबै शाखाहरुमा करिब ३२ देखि ४० जना सम्म ट्रेनि स्टाफ नर्स कार्यरत छन् । नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गस्टाफहरुको आन्दोलनमा नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियन र लर्डबुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघठनले साथ दिदै विरोध प्रर्दशन भइरहेकोछ ।
विरोध कार्यक्रममा बोल्दै लर्डबुद्ध एजुकेशनल एकेडमी कर्मचारी संघठनका कार्यबाहक सभापति मुस्लिम खाँनले लर्डबुद्ध एजुकेशनल एकेडेमीका ट्रेनि स्टाफ नर्सहरुले सुब्बा सरहको तलब पाउनु पर्ने भए पनि सो अनुसार नपाएको भन्दै आक्रोस पोखिन । ट्रेनि स्टाफका लागि श्रम मन्त्रालयले न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ तोकेकोछ ।
यस्तै विरोध कार्यक्रममा बोल्दै नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खाँनले एकेडेमी प्रशासनले आफ्ना मागहरु पुरा नगरे बुधबारबाट नीतिगत आन्दोलनमा जाने बताए ।
उनले एकेडेमीले मौखिक आश्वासन भन्दा पनि लिखित प्रतिबद्वता जनाउनु पर्नेमा जोड दिए ।
एकेडेमीमा कार्यरत करीब १ हजार ५ सय भन्दा बढी कर्मचारीलाई असोज र र्कात्तिक गरि २ महिनाको पारीश्रमिक नदिएको एकेडेमी कर्मचारी संघठनका महिला उपसभापति सुमन गिरी बताउँछिन् ।
एकेडेमीले थोरै पारिश्रमिक दिने त्यो पनि समयमै नदिने गरेकोले आफ्ना आधारभुत आवश्यकता पुरा गर्न अप्ठेरो परेको एकेडेमीकी ट्रेनि स्टाफ नर्स आश्था श्रेष्ठ बताउँछिन् ।