१५ सयबढी कर्मचारी तलब विहीन
नेपालगन्ज : नेपालगन्ज स्थित मेडिकल कलेज आर्थिक संकटमा परेकोछ । अस्पताल ब्यवस्थापन र प्रशासनका कारण लामो समयदेखि सञ्चालनमा रहेको मेडिकल कलेज यतिबेला आर्थिक संकटमा परेको हो ।
कलेजमा आर्थिक संकट परेसंगै यहाँ कार्यरत १ हजार ५ सय बढि कर्मचारी दुई महिनादेखि तलबविहीन अवस्थामा रहेकाछन् । दैनिकरुपमा काम गर्दै आएपनि महिना वितेपछि आफूले पाउनुपर्ने पारिश्रमिक नपाउँदा यहाँका कर्मचारीले आईतबारदेखि आन्दोलनमा उत्रिएका थिए ।
नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गस्टाफहरुको आन्दोलनमा नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियन र लर्डबुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघठनले पनि विरोध प्रर्दशनमा एक्यबद्धता जनाएको थियो ।
उनीहरुले मासिक रुपमा पारिश्रमिक पाउनुपर्ने, अस्पतालको व्यवस्थापकीय पक्षमा सुधार ल्याउनुपर्ने लगायतको माग राखेको स्टाफहरु नर्स बताउँछन् ।
एकेडेमीले थोरै पारिश्रमिक दिने त्यो पनि समयमै नदिने गरेकोले आफ्ना आधारभुत आवश्यकता पुरा गर्न अप्ठेरो परेको एकेडेमीकी ट्रेनि स्टाफ नर्स आस्था श्रेष्ठ बताउँछिन् ।
लर्डबुद्ध एजुकेशनल एकेडमी कर्मचारी संघठनका कार्यबाहक सभापति मुस्लिम खाँनले ट्रेनि स्टाफ नर्सहरुले सुब्बा सरहको तलब पाउनु पर्ने भए पनि सो अनुसार नपाएको भन्दै आक्रोस पोखे ।
यस्तै नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खाँनले एकेडेमी प्रशासनले आफ्ना मागहरु पुरा नगरे बुधबारबाट नीतिगत आन्दोलनमा जाने बताउदै एकेडेमीले मौखिक आश्वासन भन्दा पनि लिखित प्रतिबद्धता जनाउनु पर्नेमा जोड दिएका थिए ।
आन्दोलित कर्मचारीहरुको ब्यापक दवाव पछि अस्पताल प्रशासनले मंगलबार दिउँसो कर्मचारीहरुसंग वार्ता गरेकोछ । दुईपक्षिय वार्तामा अस्पताल प्रशासनले अस्पतालको आर्थिक अवस्था दयनिय भएको देखाउदै आगामी दिनमा एक महिना विराएर सवै कर्मचारीहरुलाई प्रत्येक महिनाको ५ गते पारिश्रमिक दिने सहमति गरेकोछ ।
त्यसैगरि अस्पताल प्रशासनले सरकारले तोकेको मापदण्ड अनुसार आगामी माघ महिनादेखि लागु हुने गरि ट्रेनी स्टाफनर्सहरुलाई पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्ध जाहेर गरेकोछ । ट्रेनि स्टाफका लागि श्रम मन्त्रालयले न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ तोकेकोछ ।
यी दुई सहमति र प्रतिबद्धता पछि मंगलबार दिउँसोबाट कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् भने अस्पतालको सेवा सुविधा सुचारु भएकोछ ।
तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका ट्रेनी स्टाफनर्सहरुका कारण मंगलबार दिउसो सम्म अस्पतालको सेवा सुविधामा केही प्रभावित भएको थियो । यसले उपचारका लागि अस्पतालमा पुगेका सयौं विरामी उनका आफन्तहरु समस्यामा परेका थिए ।
टाढाबाट उपचारका लागि अस्पतालसम्म आएका विरामीहरुले सहजै स्वास्थ्य सेवा पाउन सकेनन् । कतिपयले आन्दोलनको खबर सुनेर अन्यत्र स्वास्थ्य उपचारका लागि गएका थिए ।
लर्डबुद्ध एजुकेशनल एकेडेमीका सबै शाखाहरुमा करिब ३२ देखि ४० जनासम्म ट्रेनि स्टाफ नर्स कार्यरत छन् । एकेडेमीमा कार्यरत करीब १ हजार ५ सय भन्दा बढी कर्मचारीलाई असोज र कात्र्तिक गरि २ महिनाको पारीश्रमिक नदिएको एकेडेमी कर्मचारी संघठनका महिला उपसभापति सुमन गिरी बताउँछिन् ।
यसअघि नेपालगन्ज मेडिकल कलेजले विभिन्न बहानामा विद्यार्थीहरुबाट मोटो रकम असुल गर्दै आएको थियो । गैरकानूनी रूपमा असुलेको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग उठाउँदै केही महिना अघि शूल्क असुल सम्बन्धि मुद्दा परेपछि अदालतले परमादेश जारी समेत गरेको थियो ।
अदालतको परमादेशपछि मेडिकल कलेजले मनपरी शूल्क लिन नपाएपछि यतिबेला अस्पताललाई आर्थिक संकट परेको जानकार बताउँछन् ।
देशभर मेडिकल कलेजले असुलेको अवैध शुल्क फिर्ता गर्नुपर्ने भन्दै सरकरले यसअघि मेडिकल कलेज सञ्चालकहरूलाई अन्तिमपटक भन्दै शुल्क फिर्ता गर्न १५ दिनको समयसीमा दिइसकेकोछ ।
२४ कात्र्तिकमा दिइएको सो समयसीमा ९ मंसिरमा सकिँदै छ । यस अवधिमा पनि सरकारलाई अटेरी गरी शुल्क फिर्ता नगरे कलेज सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउदै कारबाही गर्ने गृह मन्त्रालयले गरेकोछ ।