नेपालगन्ज : नेपालगन्जमा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएकोछ। निदान डाईगोनोष्टिक हेल्थ केयर प्रालिले शुक्रबार नेपालगन्जमा अत्याधुनिक स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले अत्याधुनिक प्रयोगशाला उद्घाटन गर्दै गुणस्तरीय, सुलभ र भरपर्दोे स्वास्थ्य प्रयोगशालाको सेवा लिन नेपालगन्ज बाहिर जानुनपर्ने गरि सेवा प्रवाह गर्न आग्रह गरे ।
उनले नेपालगन्जलाई शिक्षा र स्वास्थ्यको हब बनाउने उद्देश्य पूर्तीको लागि निदानले अहम भूमिका खेल्ने बताउदै सुलभ र गुणस्तरीय सेवा दिन आग्रह गरेका हुन ।
नेपालगन्जमा निदान डाईगोनोष्टिक हेल्थ केयर प्रालिले ३ करोड बढीको लगानीमा उक्त प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।
निदानले स्वास्थ्य प्रयोगशालाको क्षेत्रमा अन्तराष्ट्रिय मान्यता पाएको प्रयोगशालाका विभिन्न खालका आधुनिक उपकरणबाट बिरामीको हार्मोन, भिटामिन, क्यान्सर, कल्चरसहित नियमित स्वास्थ्य परीक्षण गर्नेछ ।
नेपालगन्जमा सेवा दिई रहेका अन्य प्रयोगशालाभन्दा आधुनिक र सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशाला सञ्चलनमा ल्याएको सञ्चालक शिशिर सापकोटा बताउँछन् ।
निदानले प्रयोगशालामार्फत प्रदान गर्ने सेवा सुलभ, गुणस्तरीय र भरपर्दो भएमा विरामीको उपचारमा सहज हुने भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर राजन पाण्डेले सुझाव दिए । उनले नतिजाको गुणस्तरमा विशेष ध्यान पुराउन समेत आग्रह गरे ।
स्वास्थ्य ल्यावको सबै सेवा नेपालगन्जमा उपलब्ध नभइरहेको अवस्थामा निदानले त्यो सेवा पुरा गर्ने विश्वास लिएको स्वास्थ्य प्रविधिक कलेज सञ्चालक सञ्जय सिंहले बताए ।
निदानमा स्वास्थ्य प्रयोगशालाको क्षेत्रमा अन्तराष्ट्रिय मान्यता पाएको प्रयोगशालाका विभिन्न खालका आधुनिक उपकरणबाट बिरामीको हार्मोन, भिटामिन, क्यान्सर, कल्चरसहित नियमित स्वास्थ्य परीक्षण गरिने निधानका प्रबन्धक संजीव पोख्रेल बताउँछन् ।
निदान डाईगोनोष्टिकले स्वास्थ्य परीक्षणको लागि भारतका विभिन्न शहर तथा काठमाण्डौ धाउन नपर्ने समय र पैसा दुबै बचत हुनेगरी सेवा दिने दाबी गरेको छ ।