आँखा उपचारमा साझेदारी गर्दै फत्तेबाल


आँखा उपचारमा साझेदारी गर्दै फत्तेबाल

नेपालगन्ज : बाँके र बर्दिया जिल्लालाई हटाउन सकिने अन्धोपन मुक्त समाज बनाउने उद्देश्यले फत्तेबाल आँंखा अस्पताल, फुल्टेक्रा, नेपालगन्जले विभिन्न निकायसँग साझेदारी गर्ने भएको छ ।


स्थानीय निकाय, बिभिन्न संघ संस्था, बैंक, सहकारी, प्रहरी, सेना, पेशागत संगठन, समाजसेवी, उद्योगी, ब्यवसायी लगायतसंघ सहकार्य गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार तथा सहुलियतसहितको मोतिबिन्दु छनौट शिविर संचालन गरिरहेको अस्पतालले जनाएको छ ।
यस क्रममा सम्बन्धित स्थानीय निकायसंगको सहकार्यमा बर्दियाको राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका तथा बांकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका क्षेत्रमा निःशुल्क आ“खा उपचार तथा सहुलियतसहितको मोतिबिन्दु छनौट शिविर संचालन भईसकेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेको डुडुवा गाउँपालिकाको प्रत्येक वडाहरुमा एक दिने शिविर संचालन भईरहेको अस्पतालका प्रबन्ध निर्देशक डा. कौशल कुमार वर्माले जानकारी दिए ।  त्यसैगरी लायन्स क्लब अफ मिडटाउनसंगको सहकार्यमा नेपालगन्जको बसपार्कमा, नेपाल राष्ट्रिय सेवा दलको सहकार्यमा ढोडेपुरवामा १ दिने निःशुल्क शिविर संचालन गरिएको निर्देशक डा. वर्माले बताए ।

पौरखी बहुउद्देशीय सहकारी संस्थाको सहकार्यमा माघ १६ गते नेपालगन्जको कारकांदोमा निःशुल्क शिविर संचालन हुने कार्यक्रम रहेको अस्पतालले जानकारी दिएको छ । उक्त शिविरहरुमा हालसम्म ४ हजार ३ सय ३७ बिरामीहरुको निःशुल्क आंखा परीक्षण तथा उपचार गरिएको छ । एक हजार १६ जनालाई सहुलियतसहितको शुल्कमा मोतिबिन्दू शल्यक्रियाका लागि फत्तेबाल आ“खा अस्पतालमा पठाइएको सामुदायिक कार्यक्रम ईन्चार्ज उमेर सादिकले जानकारी दिए । स्थानीय निकायको सहकार्यमा बा“केको जानकी, राप्तीसोनारी, बैजनाथ गाउँपालिका नेपालगन्ज उपमहानगरपालिकाको बिभिन्न वडाहरु तथा बर्दियाको बारबर्दिया नगरपालिकामा निःशुल्क आँखा शिविरका लागि समन्वय भईरहेको निर्देशक डा. वर्माले बताए ।