क्यान्स अस्पतालबाछ १५५१ ले सेवा लिए


क्यान्स अस्पतालबाछ १५५१ ले सेवा लिए

नेपालगन्ज : बाँकेको खजुरामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा अहिलेसम्म एक हजार पाँच सय ५१ जना
नागरिकले सेवा लिएका छन् ।


सरकारी स्वामित्वमा सञ्चालित उक्त अस्पतालमा सेवा विस्तार भएको करिब एक बर्ष भइसक्दा यतिले सेवा लिएका हुन् । अस्पतालले दिएको जानकारी अनुसार ओपीडि सेवा शुभारम्भ भएदेखि अहिलेसम्म चार सय २८ जना पुरूष र एक हजार एक सय २२ जना महिलाले अस्पतालबाट सेवा लिएका छन् । जसमा एक सय ९५ जना नागरिक क्यान्सरका विरामी रहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj


क्यान्सरका विरामीमध्ये एक सय ३९ जना महिला र ६३ जना पुरूष रहेका छन् । यस अस्पतालमा साविकको मध्य तथा सुदूरपश्चिमका २४ जनाका साथै भरातका विभिन्न क्षेत्रबाट पनि नागरिकहरू उपचारका लागि आउने गरेका छन् ।  ०६६ सालमा स्वास्थ्य मन्त्रालयबाट एक सय शैयाका लागि अनुमति पाएको यो अस्पतालमा ६९ शैयाको भवन निर्माण भइसकेको छ । २०६२ सालमा प्रखर परोपकार मिसनबाट अस्पताल सञ्चालनका लागि अभियान शुरू भएपनि ०६५ माघ ११ मा धनधान्यञ्चल ज्ञान महायज्ञबाट संकलित पाँच करोड २६ लाख र प्रखर परोपकार मिसन नेपाल नामक संस्थाको तीन करोड २६ लाख ६१ हजार रुपैयाँमा ‘नेपाल क्यान्सर अस्पताल’ को नाममा पूर्वाधार निर्माणका कामहरू थालिएका थिए ।


०७३ फागुन १५ को मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापाको पहलमा त्यही अस्पताललाई पूर्वप्रधानमन्त्री तथा का“ग्रेस पूर्वसभापति स्व.सुशील कोइरालाको नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ का रूपमा सरकारीकरण गरिएको थियो ।