अब डिसहोममा घरमै बसेर हेर्नुहोस् ‘छ माया छपक्कै’ चलचित्र


अब डिसहोममा घरमै बसेर हेर्नुहोस् ‘छ माया छपक्कै’ चलचित्र

नेपालगन्ज : यस वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ अब डिसहोमको सिनेमा घरमा प्रर्दशन हुने भएकोछ । डिसहोमको च्यानल नम्बर १०८ मा उक्त चलचित्र आगामी मंसिर १३ गते प्रदर्शन हुँदैछ ।

ख्याति प्राप्त हाँस्य कलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौँचर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र डिसहोमले आफ्ना ग्राहकलाई लक्षित प्रदर्शन गर्न लागेको हो ।

डिसहोमले हल सम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएका दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमै बसी नेपाली चलचित्र छ माया छपक्कै चलचित्र हेर्न मिल्ने ‘पे पर भ्यु’ सुविधा उपलब्ध गराएको हो । ‘पे पर भ्यु’ सुुविधा अन्तर्गत संचालन भईरहेको सिनेमाघर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वा हलमा लागेको केहि समय पछि न्यूनतम शुल्कमा डिसहोमले प्रदर्शन गर्दै आएको छ ।

हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमाघरमा एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर वा नजिकै डिशहोम बिक्रेतासंग सम्पर्क गरेर सजिलै यस्ता चलचित्र हेर्नका लागि सुविधा लिन सकिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ कात्र्तिक २४ गते देखि विभिन्न सहरहरुका मुख्य हलहरुमा यसअघि दर्शन भएको थियो ।

चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्रले ५१औँ दिन मनाउने तयारीमा रहेको छ ।