खजुरा(बाँके) : बाँकेको खजुरामा सुर्य बहादुर रानाभाटको अध्यक्षतामा खजुरा उद्योग वाणिज्य संघको नयाँ तदर्थ समीति गठन गरिएको छ ।
सक्रिय युवाहरुको अगुवाईमा २१ सदस्यीय नयाँ तदर्थ समीति गठन गरिएको हो ।
संघको उद्योग तर्फको उपाध्यक्षमा विज्ञान कक्षपति चयन भएका छन् । वाणिज्य तर्फको उपाध्यक्षमा मन प्रसाद रेग्मी चयन भएका छन् । महासचिवमा कृष्ण भण्डारी, सचिवमा विवेक मल्ल र कोषाध्यक्षमा आशिष कुमार चौधरी चयन भएका छन् । महिला सदस्यमा मीरा खनाल सापकोटा, करुणा थापा र चित्रा चन्द रहेका छन् । अन्य सदस्यमा विरवहादुर थापा, निरज कुमार भट्ट, भक्त गोदार, जीवनाथ सापकोटा, लेखनाथ सापकोटा, सुधिर शुक्ला, धिरेन्द्र सीँह ठकुरी, दिपक अधिकारी, उज्वल विसी, मुवारक शेख, गोपाल तिवारी र सुदिप पौड्याल चयन भएका छन् ।