डिभोर्सीद्वय रवि र निकिताले गरे विवाह


डिभोर्सीद्वय रवि र निकिताले गरे विवाह

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र रवि लामिछानेले सोमबार ’कोर्ट म्यारिज’ गरेका छन् । उनीहरूले जिल्लाअदालत काठमाण्डौंमा गएसर कोर्ट म्यारिज गरेका हुन् ।

लामिछानेले फेसबुक मार्फत कोर्ट म्यारिज गरेको सार्वजनिक गरेका छन् । उनले भने‘एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा निकिता पौडेल जी र मैले कानूनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ’, उनले अगाडी लेखेका छन्, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्‍यो । हामी समस्त दर्शक शुभ चिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद ।’

Kids Festival 2022
kanti aarogya hospital

आउदो बैशाखमा परम्परागत रुपमा बिवाह गर्ने छौ, यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो, लामिछानेले बताए । रविले भनेका छन्, ‘कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला । हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ । हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ । र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ ।’