राज्यमन्त्री रावतद्वारा भेरी अस्पताल अवलोकन


राज्यमन्त्री रावतद्वारा भेरी अस्पताल अवलोकन

नेपालगन्ज : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले भेरी अस्पतालको स्थलगत अवलोकन गरेका छन् । भेरी अस्पतालको अवलकन पश्चात उनले सरकारी स्वास्थ्य संस्था सुधारका लागि चिकित्सक र स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले निजि स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा प्रदान गरिरहेको पाइएकोछ । नेपालगन्ज स्थित भेरी अस्पतालको मंगलबार स्थलगत अनुगमन तथा निरीक्षण गरेका राज्यमन्त्री रावतले भने –‘चिकित्सकहरुले आफ्नो पुरा समय अस्पताल बस्नुहोस्, गुणस्तरीय सेवासहित अस्पतालमा सुधार ल्याउनुस् ।’

भेरी अस्पतालको निरीक्षण गरेका राज्यमन्त्री रावतले अस्पताल सुधारका लागि शुरुमै ठूलो योजना भन्दा पनि शौचालय सुधार जस्ता स–साना कुरामा ध्यान दिन आग्रह गरे ।

कर्मचारी समायोजनमा समस्या देखिएको भन्दै राज्य मन्त्री रावतले सरकारले खटाएको स्वास्थ्य संस्थामा चिकित्सक र स्वास्थ्यकर्मी जानै पर्छ । अधिकासंको रोजाई सुविधासम्पन्न शहरी क्षेत्रमा देखिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

राज्यमन्त्री रातवले अगाडी थपे –‘पहाडी जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा दिनका लािग पनि सरकारले खटाएको ठाँउमा चिकित्सक र स्वास्थ्यकर्मी जानैपर्छ ।’

सोमबार बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको स्थलगत अवलोकन गरेका राज्यमन्त्री गिरीले मङ्गलबार भेरी अस्पतालको अवलोकन गरेका हुन् । राज्यमन्त्री रावतले अस्पतालका विभिन्न वार्डको अनुगमन गरि विरामीसंग समेत स्वास्थ्य उपचार सेवा बारे प्रतिक्रिया लिएका थिए ।

सो क्रममा भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुपानन्द अधिकारीले अस्पताल स्थापनाकालदेखि नै समस्याग्रस्त रहेको बताए ।

उनले अस्पतालमा प्रयाप्त भौतिक संरचना र दरबन्दीको अभाव भएको बताउदै काम प्रभावकारी हुननसकेको बताए । १६० शैयाको अस्पतालमा पुराना भवन जीर्ण भएको भन्दै अधिकारीले पछिल्लो समय बजेट समेत न्यून आउने गरेको बताए ।