साईबार क्राइमबारे सचेतना कार्यक्रम


साईबार क्राइमबारे सचेतना कार्यक्रम

नेपालगन्ज : किशोरी तथा बालबालिकालाई सचेत गराउने उद्देश्यले विभिन्न वडामा साईवर क्राइम सम्बन्धि अन्तरक्रिया गरिएको छ । खजुरा गाउँपालिका वडा नम्बर ३ र बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा बाल अधिकार समितिका पदाधिकारी, किशोरी, महिला र यूवालाई लक्षित गर्दै कार्यक्रम गरिएको हो ।

इन्टरनेट, साईवर क्राइम, सामाजिक सञ्जाल र यसको उपयोगिता, इन्टरनेटमा हुने बाल दुव्र्यवहार, जोखिम, बच्न सकिने उपाय आदि विषयमा सहजकर्ता एवं पत्रकार शुक्रऋषि चौलागाईले सहजिकरण गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

बुधबार बैजनाथ गाउँपालिका ८ मा अन्तरक्रियात्मक कार्यक्रम गरिएकोमा बिहीबार खजुरा ३ वडा कार्यालयमा अन्तरक्रियात्मक सहजिकरण गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष कान्तु राम गौतमले इन्टरनेटको सदुपयोगसँगै दुरुपयोग समेत बढेकाले हरेक किशोर –किशोरी मात्र हैन, अभिभावक समेत सचेत हुनपर्ने आवश्यक्ता औल्याए ।