साईक्लिङ रुट निमार्ण योजाना


साईक्लिङ रुट निमार्ण योजाना

नेपालगन्ज : बाँकेको बैजनाथ गाँउपालिकामा रहेको गाभर भ्यालीमा साईक्लिङ रुटको विकास गरिने भएको छ । जिल्लाकै पहिलो सामुदायिक होमस्टेका रुपमा आफुलाई विकास गरेको गाभर भ्यालीले च्यामादेखि कोहलपुरको खड्गवार होमस्टेसम्म साईक्लिङ रुट निर्माणको
अवधारणा सार्वजनिक गरेको हो ।


गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले गाभर भ्याली कोरिडोरको विस्तार गर्ने क्रममा आसपासका सबै होमस्टेलाई जोड्ने गरी साईक्लिङ रुट निर्माणको अवधारणा ल्याएको बताए । उनले पर्यापर्यटन प्रवद्र्धनकालागि साईक्लिङ महत्वपूर्ण माध्यम बन्न सक्ने सम्भाब्यतालाई मध्यनजर गर्दै साईक्लिङका माध्यमद्धारा कोहलपुरको खड्गवार र बैजनाथको च्यामालाई जोड्ने प्रयास थालिएको बताए ।


‘पहिलो चरणमा गाभर भ्यालीसँगै रहेको रारारानी सामुदायीक वनमा साईक्लिङ रुट निर्माण गर्ने योजनामा छौं’ अध्यक्ष चौधरीले भने, ‘भौगोलिक अनुकुलतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको साईकल ट्रेलको अवधारण ल्याएका हौं ।’ करिब पाँचदेखि १० किलोमिटरसम्मको कोरिडोरमा निर्माण गर्ने भनिएको साईक्लिङ रुटले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा मद्धत्त पुग्ने छ ।

चौधरीका अनुसार पाँच नंम्बर प्रदेशमै पहिलो पटक बाँकेको गाभर भ्यालीमा साईक्लिङ रुट निर्माण गरिदैं छ । गाभर भ्यालीका अलावा च्यामा–गिद्धेनी घाँसेमैदान हुँदै कोहलपुरको खड्गवारसम्म जोड्ने गरी साईकल ट्रेलको विकास गरिने चौधरीले जानकारी दिए । विगतमा आफ्ना पुर्खाहरु हिड्ने गरेको बाटोलाई नै साईक्लिङ रुटका रुपमा विकास गर्ने योजना अनुसार साईकल ट्रेलको अवधारणा तय गरिएको चौधरीले स्पष्ट पारेका छन् ।