रगत संकलन अभियान थालनी


रगत संकलन अभियान थालनी

नेपालगन्ज: बाँकेको नेपालगन्जमा रगत अभाव देखिन थालेपछि नेपाल रेडक्रस सोसाईटी अन्तर्गत क्षेत्रीय रक्त सञ्चार केन्द्रले रगत संकलन अभियानको थालनी गरेको छ ।

अत्यावश्यक समुहका रगतको अभाव हुन नदिन नेपालगन्जमा अभियान यस्तो अभियानको थालनी गरेको ब्लड बैंक नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी बताउँछन् ।

उनकाअनुसार चार प्रकारका रगत समुहमध्ये ‘ओ’ र ‘ए’ सहज रूपमा पाउने गरेका छन् । बाँकेमा ‘बी’ र ‘एबी’ को अभाव देखिने गरेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्रले नेगेटिभ रगत समूहका व्यक्तिहरूको पहिचान गर्ने अभियान शुरू गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी बाँके शाखाद्धारा गठित स्वास्थ्य सेवा उपसमितिको बुधबार बसेको बैठकले रगत अभाव हुन नदिनका लागि बिद्यालय, स्थानीय निकायसँग सहकार्य गरेर काम गर्ने निर्णय गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यहाँस्थित अस्पतालहरूको संख्या बढ्दै जाँदा बाँके लगायतका जिल्लामा रगतको माग बढदै गएको रेग्मी बताउँछन् । उनकाअनुसार आफन्तकै लागि पनि रगत दिन नमान्नेको संख्या अत्याधिक रहेको छ । पछिल्लो समय नेगेटिभ समुहको रगतको अभाव बढि देखिएको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ ले आफ्ना वडाका जनतालाई निःशुल्क रूपमा रगत दिने अभियान शुरू गरेको छ ।समितिका सभापति राजकुमार बर्मा वडाले वार्षिक एक लाख बराबरको रगत आफ्ना मतदातालाई आवश्यक परे दिन ब्लड बैंकसँग सहमति गरेको बताउँछन् ।

रेडक्रस बाँकेका सभापति गोबद्र्धन सिहंले क्षेत्रीय रक्त संचार केन्द्रले आर्थिक वर्ष २०७५÷०७६ मा ११ हजार ६ सय ६७ यूनिट रगत संकलन गरी १३ हजार ५ सय ६० यूनिट रगत वितरण गर्न सफल रहेको बताए ।

उनले २५ वर्ष उमेर समूहका यूथको समूह निर्माण गरी रगत सकंलनलाई तीब्र गतिमा बढाउन ब्लड बैंकलाई सुझाव समेत दिए । रेडक्रसका मन्त्री अजिज अहमद सिद्धिकिले स्थानीय तहलाई रगत प्रति जवाफ देही बनाउन जरुरी रहेको बताउदै जनप्रतिनिधसँग समन्वय बैठक राख्न स्वास्थ्य समितिलाई सल्लाह दिएका छन ।