अस्पतालद्वारा औषधि बिक्रिमा सिण्डिकेट


अस्पतालद्वारा औषधि बिक्रिमा सिण्डिकेट

नेपालगन्ज : बाँकेमा रहेको नेपालगन्ज शिक्षण अस्पतालले औषधि बिक्रिवितरणमा सिण्डिकेट लगाएको खुलासा भएको छ । केही समयअघि मात्रै औषधि बिक्रि शुरू गरेको उक्त अस्पतालले मनपरी रूपमा नियमविपरित औषधि बिक्रिमा सिण्डकेट नै लगाएको औषधि व्यवसायी संघ, बाँकेले खुलासा गरेको हो ।

अस्पताल आफैले औषधि विक्री गर्न शुरु गरेपछि वरपरका साना÷ठुला फार्मेसी चल्न छाडेका छन् । शिक्षण अस्पतालमा आउने बिरामीलाई लक्षित गरी सानो लगानीमा खुलेका फार्मेसी चल्नै छाडेर बन्द हुने अवस्थामा पुगेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

अहिले यहाँ सञ्चालित निजी मेडिकल तथा फार्मेसीलाई सटरको भाडा तिर्न समेत मुस्किल परिरहेको संघ बाँकेका अध्यक्ष वसन्त शर्मा बताउँछन् ।
नियम विपरित अस्पतालले शुरू गरेको कार्य आपत्तीजनक रहेको अध्यक्ष शर्माले बताए । उनकाअनुसार अस्पतालले औषधि बिक्रि गर्ने निर्णय तत्काल पुर्नविचार नगरे औषधि व्यवसायीहरू अस्पताल विरूद्ध चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने छन् ।

तर, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले भने आफूहरूले औषधि बिक्रिमा सिण्डिकेट नलगाएको बताएको छ । अस्पतालले कुनैपनि विरामीलाई यहाँ वा त्यहाँ गएर औषधि खरिद गर्नु समेत नभनेको अस्पतालका एक कर्मचारी बताउँछन् । उनकाअनुसार संघले लगाएको उक्त आरोप निराधार हो । यसमा कुनै सत्यता छैन् ।