चिसोमा खानुस् कोदोको ढिँडो र लोकल कुखुराको सुप


चिसोमा खानुस् कोदोको ढिँडो र लोकल कुखुराको सुप

नेपालगन्ज: कोदोको रोटी तथा ढिँडो नखाने नेपाली कम नै होलान् । चिसो मौसममा तातो र मिठो परिकार खाने चलन धेरैको हुन्छ । तातो र मिठो खानाको विषयमा चर्चा हुँदा जाडोयाममा कोदोको ढिँडो पहिलो रोजाइ हुन थालेको छ । पहिला पहिला–गाउँघरमा चामल उत्पादन कम हुने भएकाले कोदोको ढिँडो बढी खाने गरिन्थ्यो । त्यसैले पनि चामलको भातलाई कुनै विशेष चाडपर्वमा खानुपर्छ भन्ने मान्यता पनि रहेको थियो । तर, अहिले समय निकै परिवर्तन भएको छ ।

गाँउ शहरमा चामल भन्दा ढिँडो लोकप्रिय बन्न थालेको छ । परिवारका सबै सदस्य भेट हुँदा घरमा मिठो परिकार बनाउने भनेर चिसोमा ढिँडो खाने चलन समेत आएको छ । शहरी क्षेत्रका ठूला–ठूला होटलमा विशेष परिकारको रुपमा ढिडो पाक्न थालेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

चिसो मौसम शुरु भएसँगै मानिसहरु कोदोको ढिडोतर्फ लोभिने गरेका छन । चिसो मौसममा रमाइलो मान्दै ढिडो खाँदा पारिवारिक खुसी मात्र होइन स्वास्थ्यका लागि पनि निकै लाभदायीक मानिन्छ । कोदोको ढिडो मात्र होइन रोटी र अन्य विभिन्न परिकार समेत बनाएर खाइन्छ ।