३३ वर्षमा १० हजार शल्यक्रिया


३३ वर्षमा १० हजार शल्यक्रिया

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको फत्तेबाल आँखा अस्पतालले अहिलेसम्म नौ हजार आठ सय ५७ जनाको शल्यक्रिया गरेको छ ।
स्थापनाकालदेखि अहिलेसम्म अस्पतालले २१ लाख ९२ हजारको आँखा परीक्षण गरेको छ ।

उक्त आँखा अस्पताल २०४३ साल फाल्गुन ११ गते स्थापना भएको थियो । वार्षिक डेढ लाखबढीको उपचार गर्ने फत्तेबालले त्यसको ४० प्रतिशत भारतीयलाई सेवा पु¥याउने गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘अहिले ४० प्रतिशत भारतीय र ६० प्रतिशत नेपालीले उपचार लिइरहेका छन् । केही वर्ष अघिसम्म ६० प्रतिशत भारतीय थिए । ४० प्रतिशत नेपाली थिए । दश बेडबाट शुरु भएको अस्पताल अहिले २ सय ५० बेडमा पुगेको छ । अस्पताल अन्तर्गत विभिन्न जिल्लामा ६ वटा आँखा उपचार केन्द्र सञ्चालित छन् ।

पहिलो वर्ष नै ४ हजार ५६९ जनाको उपचार गरेको अस्पतालले २०७५÷०७६ मा एक लाख ४५ हजार ९३० जनालाई सेवा दिएको छ । अस्पतालले यस वर्ष आँखाको पर्दा एक्सरे, शल्यक्रियालाई भिडियो रेकर्ड गर्न माइक्रोस्कोपमा भिडियो रेकर्डर, पैथोलोजीका लागि आधुनिक माइक्रोस्कोपजस्ता उपकरणहरु जडान गर्नुका साथै आधुनिक फेको प्रविधिबाट गुणस्तरीय मोतिविन्दु अप्रेसन गरिरहेको अस्पतालका सभापति रतन टण्डन बताउँछन् ।