बिहानै चाँडै उठ्दा हुन्छ फाइदै फाइदा !


बिहानै चाँडै उठ्दा हुन्छ फाइदै फाइदा !

नेपालगन्जः यो चिसोको मौसम हो । न्यानो सवैलाई प्यारो हुन्छ । झन पछिल्लो समय नेपालगन्ज लगायत तराई क्षेत्रमा बढेको बाक्लो हुस्सु र कुहिरोसगैंको चिसोका कारण हरकोहीलाई ओछ्यान प्यारो लाग्न सक्छ । जसका कारण अवेरसम्म ओछ्यानमै समय विताइरहेका हुन्छन् । केही हदसम्म यो राम्रो होला तर, ढिलो गरि उठ्ने बानी यदि तपाईको छ भने त्यसलाई आजैदेखि परिर्वतन गर्नुहोस् । स्वास्थ्यका दृष्टिकोणले विहानै चाँडै उठ्नुको धेरै फाईदा हुन्छ ।

स्वास्थ्यसंग प्रत्येक्ष जोडिएको कुरा के भने शारीरिक र मानसिक रूपमा स्वस्थ रहन बिहान चाँडै उठ्नुपर्छ । बिहानै उठ्दा डिप्रेसनको जोखिम कम हुन्छ । बिहानै उठ्ने व्यक्तिले सफा र शुद्ध अक्सिजन लिन पाउँछ । जसले साससम्बन्धी समस्याबाट राहत दिन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसका साथै बिहान चाडै उठेर शारीरिक व्यायाम गर्दा शरीरको रक्तसञ्चार बढ्छ । मुटु स्वस्थ रहन्छ र मुटुसम्बन्धी विभिन्न रोगको जोखिमबाट बच्न सकिन्छ । सबेरै उठ्ने मानिसले विभिन्न मानसिक समस्याबाट छुटकारा पाउँछन् । यस्ता व्यक्तिलाई डिप्रेसनको जोखिम कम हुन्छ । बिहानै उठ्दा दिनभरि फ्रेस महसुस भइन्छ नै काम गर्न मन लाग्छ ।

त्यसैले अवेर रातीसम्म सामाजिक सञ्जाल, टेलिभिजन तथा अन्य काममा व्यस्त रहनुभन्दा छिटैसुत्ने र विहानै उठ्ने बानीको विकास गरेमा स्वास्थ्य सम्बन्धि धेरै लाभ लिन सकिने चिकित्सक बताउँछन् ।