नेपालगन्ज: बिहीबार बिहान करिब पौने ३ घण्टा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण बिहान ८ बजेर ४२ मिनेटमा शुरु भइ बिहान ११ बजेर ३१ मिनेटमा सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
सूर्यग्रहणका बेला कसरी आफ्नो आँखालाई सुरक्षित पार्ने सो बारे बुझ्न जरुरी छ । हुन त सुर्यलाई Direct नाङ्गो आँखाले हेर्नू कहिल्यै पनि राम्रो मानिदैन । ग्रहणको बेला यो अझै खतरनाक हुन्छ।
अरुबेला सुर्यलाई हेर्दा हाम्रो आँखाको नानी सानो भै हानिकारक ultraviolet rays हरु धेरै मात्रामा आँखाभित्र जान पाउदैन ( protective mechanism) । तर, ग्रहणलाग्दा सुर्यको वरिपरि कालो हुने हुदा हाम्रो आँखाको नानी नखुम्चेर फुलेको अस्वथामा रहने हुदा अरु बेला भन्दा धेरै हानिकारक ultraviolet किरण आँखाभित्र छिरेर आँखाको रेटिना सधैको लागि खाराब गर्न सक्छ ।
ग्रहण हेर्न मन लागे कसरी हेर्ने?
यसको लागि विशेष किशिमको eclipse चस्मा नै हुनुपर्छ। पहिला ग्रहण लागेको भन्दा अर्कोतिर फर्केर चस्मा लगाउने अनि हेरेर चस्मा निकाल्दा पनि अर्कोतिर फर्केर निकाल्ने।
साधारण sun-glass लगाएर हेर्न सकिन्छ?
सकिँदैन
X-ray बाट, वा आँखा सानो पारेर येस्सो हेर्न सकिन्छ?
यो झनै खतरापूर्ण हो। यस्तो कहिल्यै गर्नु हुदैन
झुक्केर हेरि हाले के हुन्छ?
तुरुन्तै त असर नदेखिन सक्छ तर, केही समय पछि दृस्टी धमिलो हुने, कुनै पनि चिज हेर्दा बिचमा कालो देखिने हुने हुन्छ । र यसरी हुने खराबी सधैको लागि अर्थात permanent हुन्छ।
विशेषगरी गर्भवती, बच्चा, रोगी र ज्येष्ठ नागरिक ग्रहणको समय खुल्ला आकाशमा निस्किन नहुने बताइएको छ । ग्रहण लाग्नु करिब १२ घण्टाअगाडिबाट भोजन गर्नुनहुने र कुनै पनि शुभकार्य र पूजा गर्न नहुने शास्त्रीय मान्यता छ ।
ग्रहणका समय आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न दुर्गा चालिसा या श्रीमद्भागवत गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ ।