ग्लोबल आइएमईद्वारा रक्तदान


ग्लोबल आइएमईद्वारा रक्तदान

नेपालगन्ज : ग्लोबल आइएमई बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा बिहीबार बृहत रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४ सय ७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीहरुले रक्तदान गरेका छन् ।

केन्द्रीय कार्यालयको आयोजनामा बैंकको कान्तिपथ शाखा तथा उपत्यका बाहिर ७ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
जसमा नेपालगन्जको सुर्खेतरोडस्थित शाखा कार्यालयमा पनि रक्तदानको आयोजना गरिएको बैंकका नेपालगन्ज शाखा प्रबन्धक लोकेन्द्र भण्डारी बताउँछन् ।

उपत्यका बाहिर प्रदेश एकको बिराटनगर शाखा, प्रदेश दुईको जनकपुर शाखा, प्रदेश तीनको नारायणगढ र चितवन भण्डारा शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, प्रदेशको बुटवल चौराहा शाखा र नेपालगन्ज शाखामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा यही १७ गते देखि एक महिना सम्म विभिन्न सामाजिक कार्यहरु आयोजना गर्ने भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्जमा बिहीबार गरिएको कार्यक्रममा ९० जनाले रक्तदान गरेका छन् । जसमा यस क्षेत्रमा रहेका बैंकका कर्मचारी, प्रहरी, सेवाग्राही, व्यवसायी, विद्यार्थी लगायतको सहभागीता रहेको प्रबन्धक भण्डारीले बताए । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी नेपालगन्जको प्राविधिक सहयोग रहेको थियो ।