मेशिन नहुँदा विरामी चर्को मूल्य तिर्न बाध्य


मेशिन नहुँदा विरामी चर्को मूल्य तिर्न बाध्य

नेपालगन्ज: भेरी अस्पतालमा आउने पश्चिम नेपालका सिकलसेल एनिमियाका विरामीले दश महिनादेखि सिकलसेल एनिमिया जाँच गराउन पाएका छैनन् ।

अस्पतालको सिकलसेल एनिमिया जाँच गर्ने मेसिन विग्रिएपछि विरामी निजी क्लिनकमा जाँच गराउन बाध्य छन् । सिकलसेलको मेसहन बिग्रेपनि अस्पतालका मेसु रूपानन्द अधिकारी र सम्बन्धीत रोगका डाक्टर राजन पाण्डेले अहिलेसम्म मेसिन मर्मत गर्नेतर्फ चासो देखाएका छैनन् ।
मेसिन विग्रिएपछि निशुल्क उपचार सेवाबाट पनि विरामी बञ्चित भएका छन् ।

इलेक्ट्रोफोरसिस मेसिन विग्रिएपछि विरामी चर्को शुल्क तिरेर बाहिर जाँच गराउन बाध्य भएका छन् । एक हजार पाँच सयदेखि दुई हजार रूपैयाँ शुल्क तिरेर जाँच गराउन विवश भएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारुरू बताउँछन् ।

मेसिन विग्रिएकोले निशुल्क सेवाबाट विरामी बञ्चित भएका छन् । आर्थिक अवस्था कमजोर भएका विरामीले उपचारबाट बञ्चित हुन परेको उनी बताउँछन् । विरामीले पनि उपचार गराउन समस्या भएको बताएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पतालमा हप्तामा ६०–७० जना सिकलसेल जाँचका लागि आउने गरेका छन् । सिकलसेलका विरामीले आठ महिनादेखि चर्को शुल्क तिरेर निजी क्लिनिकमा जाँच गराउन बाध्य भएको चिकित्सक नै बताउँछन् ।

अस्पतालमा दुई वटा इलेक्ट्रोफोरसिस मेसिन छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले दिएको मेसिन प्रयोगमा नआउँदै थन्किएको छ । स्वास्थ्य विभागले दिएको मेसिन गएको दशैँदेखि विग्रिएर थन्किएको छ । स्वास्थ्य सेवा विभागले दिएको मेसिन मर्मत गर्न दिए पनि अहिलेसम्म मर्मत हुन नसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट अधिकारी बताउँछन् ।