मेडिकल कलेजको सिण्डिकेट कायमै


मेडिकल कलेजको सिण्डिकेट कायमै

नेपालगन्ज:बाँकेमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारमा आउने विरामीले औषधि अस्पतालको फार्मेसीबाट मात्रै किन्नु पर्ने प्रावधान लागु गरेपछि औषधि व्यवसायी आन्दोलित भएका छन् ।

अस्पतालको आसपासमा रहेका करिव ३५ वटा औषधि पसल बन्द गरेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । मेडिकल कलेजले विरामीले अस्पतालको फार्मेसीबाट मात्रै औषधि किन्नु पर्ने बाध्यात्मक अवस्था सृजना गरेपछि आफुहरु आन्दोलन गर्न बाध्य भएको औषधि व्यावसायी संघ भेरीका अध्यक्ष अभय बस्नेत बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

उपभोक्ताको अधिकार नै कुण्ठित हुने गरी सिण्डिकेट लागू गरेको कारण आफुहरु औषधि पसल बन्द गरेर आन्दोलनको बाटो रोज्नु परेको औषधि व्यवसायि संघ बाँकेको अध्यक्ष बसन्त शर्माले बताउँछन् ।

यता नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सह–निर्देशक डाक्टर नितेशकुमार कनोडियाले अस्पतालले सुलभ दरमा र विरामीलाई सहज हुनेगरी अस्पतालले फार्मेसी सञ्चालन गरेको दाबी गरेका छन् ।