राउटेलाई न्यानो कपडा र खाद्यन्न प्रदान


राउटेलाई न्यानो कपडा र खाद्यन्न प्रदान

सुर्खेत: चिसोबाट प्रभावित राउटेलाई सहयोग गरिएकोछ । केही दिनदेखि मौसममा आएको परिर्वतनसगैं बढेको चिसोका कारण यसक्षेत्रको जनजिवन प्रभावित बनेकोछ ।

बाक्लो हुस्सुसंगै चिसो हावाको सिरोटोले यसक्षेत्रका निम्न वर्गीय मानिस बढि प्रभावित भएकाछन् । चिसोका कारण सवैभन्दा बढि लोपोन्मुख राउटे समुदाय प्रभावित बनेकाछन् ।

यसैबीच चिसोबाट प्रभावित बनेका राउटेलाई न्यानो लुगा तथा खाद्यान्न वितरण गरिएको छ । नेपालगन्जका युवा सतिश निरौलाको अगुवाईमा शुरु भएको ‘राउटे सहयोग अभियान’ अन्र्तगत संकलन गरिएको सहयोग प्रदान गरिएको हो ।

अभियानबाट संकलन गरिएको रकमबाट लोपोन्मुख राउटे समुदायलाई न्यानो लुगा तथा खाद्य सामाग्री बितरण गरिएको अभियानका सदस्य सतिश निरौलाले बताए ।

सुर्खेतको राउटे गल्छि रहेका राउटेहरुलाई सहयोग स्वरुप ६० थान स्विटर, ३० थान ट्राउजर, ७० थान टोपी, ४० थान बाक्लो हाइनेक, बच्चाका लागि बाक्लो कपडा १४ थान, १५ जोडी मोजाका साथै केही थान भोटोहरु बितरण गरिएको हो । यस्तै १६ बोरा चामल, ५५ पाकेट चिउरा र ४० केजि खाने गुड प्रदान गरिएको अभियानमा सक्रिय नेपालगन्ज साइक्लिङ्ग क्लबका वरिष्ठ उपाध्यक्ष लवराज श्रेष्ठले जानकारी दिए ।

राउटेलाई सहयोग गर्ने उद्देश्यले सञ्चालित अभियानमा देशभरका ५० जनाबाट ७६,११५ रुपैयाँ संकलन भएको अभियन्ता सतिश निरौलाले बताए ।
उनका अनुसार राउटे समुदायलाई प्रदान गरिएको सहयोग कार्यक्रममा आदिवासी, लोपोन्मुख, सीमान्तकृत बर्ग उत्थान प्रतिस्ठानकी अध्यक्ष सत्यदेबी खड्का रोहोबरमा प्रदान गरिएको थियो । सहयोग बितरणका लागी नेपालगन्जबाट सतिश निरौला, रमेशकुमार मल्ल र लबराज श्रेष्ठको सहभागिता रहेको थियो ।