११० जनाले गरे रक्तदान


११० जनाले गरे रक्तदान

नेपालगन्ज : नेपालगन्ज टेक्निकल कलेजले वृहत् रक्तदान गरेकोछ । कलेजको नियमित कार्यक्रम अन्र्तगत उक्त रक्तदान गरिएको हो ।
कलेजको हलमा शुक्रबार बिहान १० गरिएको बृहत रक्तदान कार्यक्रममा १ सय १० जनाले रगत दान गरेकाछन् । जसमा ८८ जना पुरुष र २२ जना महिलाले रक्तदान गरेको कलेजका प्राचार्य ईन्जिनियर दिपक बि.सीले बताए ।


रक्तदान कार्यक्रममा बोल्दै कलेजका निर्देशक किशोरकुमार पाण्डेले विद्यार्थीहरुलाई शिक्षा मात्र प्रदान नगरेर परोपकारी कार्यमा पनि संलग्नता गराउन यसखाले गतिविधि उपयुक्त भएको बताए ।

नेपाल रेडक्रस सोसाइटी, क्षेत्री रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले प्रत्येक वर्ष कलेजले आयोजना गर्ने रक्तदान कार्यले रगत जुटाउने कार्यमा सहयोगी भूमिका खेलेकोमा प्रसंसा गरे । नेपालगन्ज टेक्निकल कलेज, नेपालगन्ज टेक्निकल स्कुलका बिद्यार्थीहरुले रगत दान गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj