बिज्ञान तथा प्रविधि महोत्सवको तयारी


बिज्ञान तथा प्रविधि महोत्सवको तयारी

नेपालगन्ज: नेपालगन्जमा विज्ञान तथा प्रबिधिको बृहत प्रर्दशनी एवं महोत्सवको आयोजना हुने भएकोछ । आगामी फाल्गुन ८ देखि १० गते सम्म कारकाँदो स्थित सडक डिभिजनको परिसरमा उक्त प्रर्दशनी तथा महोत्सव आयोजना हुन लागेको हो ।

ग्राण्ड साईन्स फेस्टिवलले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि सो बारे जानकारी दिएको छ । ‘राष्ट्र निर्माणका लागि बिज्ञान तथा प्रविधि’ भन्ने मुल नाराका साथ उक्त महोत्सव हुने आयोजक ग्राण्ड साईन्स फेस्टिवलका अध्यक्ष आतंक बस्नेतले बताए । उनका अनुसार महोत्सवमा बिज्ञान र प्रबिधिसङ्ग सम्बन्धित ३ सय स्टलहरु राखिनेछ ।

प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका ३१ जिल्लाका सामुदायिक तथा निजी बिद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुको बैज्ञानिक प्रतिभा प्रदर्शन, देशैभरिबाट युवा बैज्ञानिकहरुको प्रतिभा प्रदर्शनी, बिज्ञान र प्रविधिसङ्ग सम्बन्धित कविता, बादबिबाद र नाटक प्रतियोगिता समेत रहने अध्यक्ष बस्नेतले बताए ।

आयोजकका अनुसार बिद्यालय स्तरको बैज्ञानिक प्रतिभा प्रदर्शन प्रतियोगिताका प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना हुनेलाई २५ हजार प्रदान गरिने छ । त्यसैगरी युवा बैज्ञानिकहरुको खुला प्रतियोगिता तर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार तथा कविता, वादविवाद र नाटक प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगद राषिको पुरस्कार बितरण गरिने आयोजकले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

करिव ४० लाख खर्च अनुमानित गरिएको उक्त महोत्सवमा जुरी मेम्बरका रुपमा नार्क र नास्टका ७ जना बैज्ञानिकको निर्णायक मण्डल रहनेछ । पहिलो पटक आयोजना गर्न लागिएको महोत्सवलाई राष्ट्रियकरण गरिने आयोजकले जानकारी दिएको । आयोजक संस्था ग्राण्ड साईन्स फेस्टिवलमा ए वन एजुकेसन एक्सप्रेस, ध्रुबतारा एजुकेसन र ग्रेस इन्टरनेश्नलको आवद्धता रहेको छ ।