नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ कोरियनपुर बस्ने महेन्द्र बहादुर विसीले आफू आफनै छोराबाट अपहरणमा परेको बताएका छन् । उनले आफ्नै कान्छो छोरा हिमेन्द्र विसीले अपहरणशैलीमा आफूलाई लगि आफ्नो नाममा भएको श्रीसम्पति नामसारी गरेको आरोप लगाएका छन् ।
आफुसँग भएको सम्पत्ति बाबुको नाताले पहिले नै उनीहरूकै नाममा गराउँदा पनि अरू सम्पत्ति हडप्नको लागि विभिन्न किसिमको प्रलोभन, धम्की, गालीगलौज लगायत मानसिक यातना दिने गरेको उनी बताउँछन् ।
छोराले भनेअनुसारको नमान्दा आफुलाई अपहरण गरि सुधार गृह लगेर जवरजस्ती सम्पत्ति आफ्नो नाममा गराएको उनी बताउँछन् । सम्पत्ति आफनो नाममा गराउनकै लागि छोराले हरेक किसिमको यातना दिएको विसीले बताए ।
बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै उनले २०७५ साल असोज २७ गतेका दिन छोरा हिमेन्द्र विसी र उसको दुई÷तिन जना साथी आएर मेरो इच्छा विपरित सामना पुर्नस्थापना केन्द्रमा लगरेर राखेको उनले जानकारी दिए ।
उक्त केन्द्रमा औषधी सेवन गरराएर लठ्याउने गरेको उनी बताउँछन् । चार महिना ११ दिन पछि आफ्नो दिमागले कामगर्न छोडेको बताउँदै विसीले भने ‘त्यसपछि मालपोतमा गएर खुरूखुरू सहिछाप नगरे फेरी थुनामा हाल्ने धम्की दिएर जर्बरजस्ती हात समातेर सहिछाप गराएको उनी बताउँछन् ।
मालपोतमा सहिछाप गरेर घरमा ल्याएपछि चेकबुक, पेन्सन पट्टा तथा जग्गा धनी प्रमाणपत्र, मात्र होइन बैंकमा समेत नक्कली सहिछाप गरि पेन्सन आएको रकम समेत निकालेको भेटिएको विसी बताउँछन् ।
छोरा हिमेन्द्रले अब घरमा बस्ने कुनै अधिकार छैन जहाँ गए जानु यो घर मेरो पुरै भैसकेको भनेपछि आफु विचल्लीमा परेको उनी बताउँछन् । न्यायको लागि जहाँ गएपनि पावरको आडमा मेरो केही लागेन विसीले भने ‘ प्रहरी प्रशासनले समेत मेरो गुनासो सुनेन् ।’
आफ्नो नामको जग्गा छोरा छोरीलाई उनीहरूको हिस्सा दिँदा पनि मेरो हिंसा मेरो मन्जुरी विना कान्छो छोरा लगायत उसका ससुरालीको सहयोगमा आफुमाथि अन्याय भएको उनी बताउँछन् । उनले आफूबाट गुमेको घर, जमिन आफनै नाममा फकाईदिनुपर्ने माग राखेका छन् ।
बाँके प्रहरीका डिएसपी शिव सिंह करिव ४÷५ पटक बुवा छोरालाई राखी सहमति गराई पठाएको बताउँछन् । दुवैको सहमतिमा छलफल गराई सँगै बस्ने सहमतिमा घर पठाएको डिएसपी सिंह बताउँछन् ।
पारिवारिक सहमतिमा सम्पत्ति बाँडफाँड गरिएको छोरा हिमेन्द्रले बताए । बुवालाई सन्चो नभएपछि उपचारका लागि कोहलपुरमा चेकजाँच गराएर औषधी खुवाएको उनी बताउँछन् ।
छोराछोरीको सहमतिका आधारमा बुवाको सम्पत्ति र आफ्नो नाममा रहेको सम्पत्ति बाँडफाँड गरिएको उनी बताउँछन् । बुवाले घरिघरि विवाह गर्ने र सम्पत्ति जताजतै बाँडिने गरेको हुनाले पारिवारिक सहमतिमा बाँडफाँड गरिएको छोरा हिमेन्द्र बताउँछन् ।