नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ मा निःशूल्क जेष्ठ नागरिक आँखा शिविर सम्पन्न भएकोछ ।
वडा कार्यालयको सहयोग तथा जेष्ठ नागरिक सेवा समाजको आयोजनामा बुधबार भएको शिविरमा वडाको २ सय ५० जनाको आँखा जाँच गरिएको थियो । जसमा मोतीविन्दू भएका ३५ जनालाई अस्पताल रिफर गरिएको छ ।
उदयपुरस्थित स्वास्थ्य चौकीमा भएको शिविरमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को आर्थिक सहयोग तथा नेपालगन्ज आँखा अस्पातलको प्राविधिक सहयोग रहेको थियो ।
जेष्ठ नागरिक सेवा समाजका अध्यक्ष बिष्णु सुवेदीको अध्यक्षतामा भएको सो शिविरमा वडा अध्यक्ष बिरेन्द्र बहादुर शाह, राकेश बहादुर श्रीवास्तव, वडा सदस्य ओम प्रकाश चौहान, पुष्पा भट्टराई स्वास्थ्य चौकीका निम्ति प्रमुख हेमराज भट्ट र नेपालगन्ज आँखा अस्पतालका डाक्टर सुदीप बर्माको उपस्थिती रहेको जनचेतना युवा क्लबका सचिव गणेश कुमार पाण्डेले बताए । भने निःशुल्क आँखा शिबिर कार्यक्रममा १६० जनालाई चस्मा समेत वितरण गरिएको थियो ।