नेपालगन्जमा चर्जिङ स्टेसन स्थापनाको योजना


नेपालगन्जमा चर्जिङ स्टेसन स्थापनाको योजना

सांकेतिक तस्विर

नेपालगन्ज: नेपाल विद्युत् प्राधिकरणले पश्चिम नेपालको मुख्य शहर नेपालगन्जमा चर्जिङ स्टेसन स्थापना गर्ने योजना अघि सारेको छ । मुख्य शहर र राजमार्गका विभिन्न स्थानमा ५० चार्जिङ स्टेसन स्थापना गर्न अभियान अन्तर्गत प्राधिकरणले नेपालगन्जमा पनि स्टेशन स्थापना गर्ने भएको छ । यसका लागि ग्लोबल बोलपत्र (टेण्डर) निकालेको छ ।

विद्युतीय सवारीसाधनको प्रर्वद्धनमा जोड दिइरहेको प्राधिकरणले उपत्यकासहित मोफसलका शहर नेपालगन्जसहित विभिन्न शहरका कुल ५० वटा चार्जिङ स्टेशन निर्माण गर्न टेण्डर गरको हो ।

यो चर्जिङ स्टेसनमा ठूला बस पनि चार्ज गर्न सकिनेछ । प्राधिकरणले शहरका मुख्य भागमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन व्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतसँग आवेदन लिइसकेको छ ।

बिशेषगरी सवारीसाधनको धेरै आवतजावत हुने स्थानमा छिटो चार्ज हुने खालको चार्जिङ स्टेसन राख्न लागिएको ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञवाली बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार एक घण्टामा फूल चार्ज गर्न सकिने गरी डिसी बुस्ट चार्जिङ राख्न लागिएको हो । एकपटक फूल चार्ज भएपछि तीन सय किलोमिटरसम्म सवारी गुड्न सक्ने देखिएको छ ।

‘राजमार्गमा चिया खाजा खाने होटलमा पनि चार्जिङ स्टेसन राखिने छ,’ उनले भने, ‘गाडी रोकेर एकछिन फ्रेस हुन बस्दा पनि ५०/६० किलोमिटर गुड्ने गरी सवारी चार्ज गर्न सकिन्छ । राजमार्गका विभिन्न ठाउँमा यस्ता चार्जिङ स्टेसन राख्न ठाउँ मागेका हौं ।’

उपयुक्त पार्किङको सुविधा भएका ठाउँलाई चार्जिङ स्टेसनका लागि छनोटमा प्रथमिकता दिइने प्राधिरकणले जनाएको छ । ‘यो ब्यापारिक मोडल हो, हामीले चार्जिङ स्टेसन राखेका होटल, पसलहरुमा ग्राहक बढ्छन,’ ज्ञवालीले भने, ‘चार्जिङ स्टेसनले ब्यापारिक भवनको प्रतिष्ठा र ब्यापार पनि बढ्छ । यसले विद्युतीय सवारी प्रवद्र्धनको अभियानमा पनि सहयोग पुग्छ ।’

चार्जिङ स्टेसनका उपकरण खरिदका लागि केही समयभित्रै बोलपत्र आव्हान गरिने ज्ञवालीले बताए । टेण्डरबाट कम्पनी छनिएको ६ महिनामा चार्जिङ स्टेसन खालिसक्ने योजना बनेको छ ।

चार्जिङ स्टेसन १ सय ४२ किलोवाटको हुनेछ । एउटा चार्जिङ स्टेसनमा एकैपटक तीनवटा सवारीले चार्ज गर्न सक्छन् । यस्तो चार्जिङ स्टेसनलाई एउटै स्मार्ट कन्ट्रोल सिस्टममा आवद्ध गरिनेछ । कन्ट्रोल सबैलाई रुमबाट सञ्चालन र व्यवस्थापन गर्न सकिने गरी स्टेसन निर्माण हुनेछ । सरकारले विहान, बेलुकी दिउँसो र रातका लागि चार्जिङको शूल्क फरक÷फरक तोक्ने तयारी गरेको छ । यस्ता चार्जिङ स्टेसनमा जाँदा मोबाइल एपबाटै समय बुक गर्न सकिने प्रवन्ध पनि गरिने छ ।