आफ्नै जन्मदिनमा पिता बने विल्सन


आफ्नै जन्मदिनमा पिता बने विल्सन

नेपालगन्ज: तक्मे बुढाको रुपमा चिनिएका हाँस्य कलाकार विल्सन विक्रम राई पिता बनेका छन् । बुधबार बिहान उनलाई पुत्रलाभ भएको हो ।

आज विल्सनले आफ्नो ३४ औँ जन्मदिन मनाउदै छन् । आफ्नो जन्मदिनकै दिन छोराको बुबा बन्न पाउँदा उनी विल्सन निकै खुसी छन् ।

Kids Festival 2022
kanti aarogya hospital

विल्सनले गत वर्षको फागुनमा सुटुक्क बिबाह गरेका थिए । बिबाह गरेको ११ महिनामा राईकी पत्नी सरिना लामाले छोरालाई जन्म दिएकी हुन् ।
सरिनालाई डक्टरले दिएको समय भने यो थिएन । तर, प्रसव पिडाका कारण सरिनालाई एक सातदेखि हस्पिटलमा राखिएको थियो ।

आज अपरेशनबाट छोरालाई जन्म दिएकी हुन् । विल्सनका अनुसार अहिले आमा र बच्चा दुबैको स्वस्थ्य राम्रो छ । सामाजिक सञ्जालमा यतिवेला विल्सनलाई बधाईको ओइरो लागेकोछ ।