नेपालगन्ज: साईन रेसुगाँ डेभलपमेन्ट बैक लिमिटेड र बाँकेको नेपालगन्ज मेडिकल कलेजबीच बैंकका ग्राहकलाई उपचार सेवामा छुट दिने सम्झौता भएको छ ।
सम्झौता अनुसार र्साइन रेसुगाँ डेभलपमेन्ट बैंकका खातावाल ग्राहकहरुले उक्त मेडिकल कलेजमा उपचार गराउँदा लाग्ने शूल्कमा १० प्रतिशत छुट पाउनेछन् ।
मेडिकल कलेजले बैंकका ग्राहकहरुको स्वास्थ्य जांच, प्याथोलोजी, शल्यक्रिया र रेडियोलोजी शूल्कमा १० प्रतिशत छुट दिनेछ । सम्झौता पत्रमा साईन रेसुगाँ डेभलपमेन्ट बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर सुरेशकुमार कनोडियाले सम्झौतामा हस्ताक्षर गरेकाछन् ।
सम्झौतापछि बैंकका जुनसुकै शाखाका खातावालले यो छुट सुविधा पाउने छन् । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नती भएसंगै बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधासहित अन्य सेवा र सुविधा थप्दै जाने नीति अनुसार मेडिकल कलेजसँग सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताए । प्रदेश पाँचका १० जिल्लामा मात्रै बैंकका तीनलाख ८१ हजार जना ग्राहक छन् ।