शल्यक्रियाका लागि ५० रिफर


शल्यक्रियाका लागि ५० रिफर

नेपालगन्ज : नेपालगन्जको वडा नम्बर ४ मा शनिबार निःशुल्क आँखा शिविर गरिएकोछ । वडा कार्यालयको सहयोग तथा भिजन आँखा अस्पतालको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा २ सय ३० जना आँखाका विरामीले निःशुल्क उपचार पाएकाछन् ।

शिबिरमा आँखा जाँचका लागि आएका मध्ये ५० जनालाई शल्यक्रियाका लागि भिजन आँखा अस्पतालमा रिफर गरिएको वडा कार्यालय स्थित शहरी स्वास्थ्य केन्द्रका अनमी सुहाना निरौलाले बताइन् ।

उनका अनुसार आईतबारदेखि शुक्रबारसम्म रिफर गरिएका ५० जना आँखाका विरामीको शल्यक्रिया गरिनेछ । उपचारमा आएका मध्ये अधिकाशं विरामीमा मोतियबिन्दु देखिएको उनले बताईन् ।

उच्च अदालत तुलसीपुर, नेपालगन्ज ईजलासका न्यायधिश राजेश काफ्लेले उद्घाटन गरेको उक्त शिविरमा वडा अध्यक्ष मोहम्मद सफिक वेहना, भिजन अस्पतालका आँखा डाक्टर प्रचण्ड गौतम, वडा कार्यालयका कर्मचारी, सर्वसाधरण लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा न्यायधिश काफ्ले लगायतका अतिथिहरुलाई वडा सदस्य इन्दिरा शाहीले स्वागत गरेकी थिइन् । शल्यक्रिया गर्ने विरामीका लागि अस्पताले चश्मामा १० प्रतिशत छुटको व्यवस्था गरेकोछ ।