नेपालगन्ज: कैलपाल हस्पिटल एण्ड कलेजले आइतबार रक्तदान सम्पन्न गरेको छ । शहिद सप्ताहको अवसरमा कलेजले रक्तदानको आयोजना गरेको हो । कैलपाल हस्पिटल एण्ड कलेजकी प्रवन्ध निर्देशक रेवती सिंहले रक्तदान कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

रक्तदान कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका थिए । प्रवन्ध निर्देशक सिंहले ५६ जनाले रक्तदान गरेको जानकारी दिइन् । कलेजले हरेक बर्ष कुनै न कुनै अवसर पारेर रक्तदान आयोजना गर्ने गरेको जानकारी दिईन् । कैलपाल हस्पिटल एण्ड कलेजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?