नेपालगन्ज : जानकी गाउँपालिका वडा नं ३ मा रहेको मेलमिलाप केन्द्रले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन् । केन्द्रका लागि मेलमिलाप संयोजक नियमित खटिएपनि बस्ने मेलमिलापको बहसका लागि छलफल गर्ने ठाउँकै अभावमा सेवा प्रभावकारी हुन नसकेको हो ।
वडा कार्यालयमा मेलमिलाप केन्द्र सञ्चालन हुनुपर्नेमा वडाले यसका लागि एउटा कोठा उपलब्ध गराउँन सकेको छैन् । वडाले कोठा उपलब्ध
नगराएकै कारण मेलमिलापका लागि केन्द्रमा आउने सेवाग्राहीलाई बस्नै समस्या भईरहेको मेलमिलाप केन्द्रका संयोजक अनिता श्रेष्ठले बताउँछिन् । उनकाअनुसार मेलमिलापका लागि आएका सेवाग्राहीलाई छलफलका लागि नजिकै रहेको नेपाल राष्ट्रिय प्राथमकि विद्यालयमा लैजानुपर्ने बाध्यता छ ।
त्यहाँ पनि बस्नका लागि आबश्यक फर्निचर नहुँदा उभिएरै बहस तथा छलफल र्ने गरिएको उनले जानकारी दिईन् । उक्त केन्द्रमा मासिक रूपमा १५ देखि २० वटासम्म उजुरी आउने गरेको उनले बताईन् । तर, उजुरीमाथी छलफल गर्दा गोप्य ठाउँको अभाव हुँदा विद्यालयको खाली कोठा प्रयोग गर्नुको विकल्प छैन् उनले भनिन् ‘एउटा कोठा माग गरेको धेरै भयो वडापालिकाले दिनै मान्दैन् ।’ यता वडा नंम्बर तीनका वडाध्यक्ष विन्देश्वरी कुर्मीले आफ्नो वडामा मेलमिलाप केन्द्रको खासै सक्रियता नदेखिएको बताएका छन् ।