नेपालगन्जमा एजुकेशन फेयर


नेपालगन्जमा एजुकेशन फेयर

नेपालगन्ज : नेपालगन्जमा ‘स्टडी इन नेपाल एजुकेसन फेयर २०२०’ को आयोजना हुने भएको छ । नेपाली विद्यार्थीलाई बिदेशमा पढ्नको लागि प्रेरित गर्दै शैक्षिक मेलाहरू आयोजना भईरहेको बेला स्वदेश मै उच्च शिक्षा पढ्न आग्रह गर्ने उदेश्यले सो कार्यक्रम हुने भएको हो ।

कार्यक्रमको बारेमा जानकारी दिने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश पाँच संयोजक भरतसिंह बिष्टले महंगो खर्चमा उच्च शिक्षा हासिल गर्न विदेश जानुको सट्टा नेपाल मै सस्तो सर्वसुलभ मुल्यमा गुणस्तरीय र विश्वव्यापी मान्यता भएको शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू भएता पनि अध्यनका लागि बिदेश जाने परिपाटी बढेको कारण यस्तो कार्यक्रम आयोजना गर्नु परेको बताए ।

उनले भने–‘गुणस्तरीय शिक्षा नेपालमै संभव छ त्यसले देशको अर्थतन्त्र समेत बाहिर पुराउने भएकाले ‘लर्न लोकली फिट ग्लोबली’ भन्ने नारा लिएर एजुकेसन फेयर गर्न लागेका हौ ।’ उनले हरेक प्रदेशमा आयोजना हुने सो कार्यक्रम ५ नं. प्रदेशको नेपालगन्जमा फाल्गुन १५ र १६ मा सिद्धार्थ कटेजमा हुने जानकारी दिए ।

उच्च शिक्षा हासिल गर्न विदेशमा जानेहरूको संख्या बढ्दै गएको परिवेशलाई मध्यनजर गर्दै स्वदेश मै गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू छन् भन्ने कुराको जानकारी गराउने अभिप्रायले सो कार्यक्रमको आयोजना गर्न लागेको बिष्टले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्जमा हुने २ दिने उक्त कार्यक्रममा काठमाडौं विश्व विद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम बिश्वविद्यालय, मध्यपश्चिम बिश्वविद्यालय लगायतका आंगिक सरकारी तथा निजि कलेजले विद्यार्थीहरूलाई निःशूल्क परामर्श दिने छन् ।
बाँकेबाट भने महेन्द्र बहुमुखी क्याम्पस, ब्राईटल्याण्ड कलेज र अल्पाईन कलेजले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

भिजन मिडिया ईन कर्पाेरेसन र एजुकेशन डटकमको संयुक्त आयोजनामा हुनलागेको सो कार्यक्रममा २५ भन्दा बढी कलेजहरु सहभागि हुने र तीनहजार बढी विद्यार्थीले प्रत्यक्ष फाईदा लिनसक्ने आयोजकको दाबी छ ।