भेरी अस्पतालको मेसुमा थापा


भेरी अस्पतालको मेसुमा थापा

नेपालगन्ज: डाक्टर प्रकाश थापा भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेण्टमा नियुक्त भएकाछन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहिवार डाक्टर थापालाई अस्पताल प्रमुखमा नियुक्त गरेका हुन् ।

डाक्टर थापा दुईवर्षअघि पनि भेरी अस्पतालको प्रमुखमा नियुक्त भएका थिए । सोबेला छोटो कार्यकालमै डाक्टर थापाले अस्पतालको सरसफाई तथा सेवाप्रवाहमा उल्लेख्य सुधार गरेका थिए ।

आमनागरिकले भेरी अस्पतालको सुधार हुने अपेक्षा गरिरहदाँ राजनीतिक पूर्वाग्रहका कारण उनी टिक्न सकेनन् । अस्पतालमा सुधारको सुरुवात गरिरहँदा डाक्टर थापालाई विदा दिइएपछि जनस्तरमा असन्तुष्टी देखिएको थियो ।

छोटो समयमै उल्लेख्य कार्य गरेका डाक्टर थापालाई मन्त्रालयले पुनः अस्पताल प्रमुखमा नियुक्त गरेको छ । योसगैं भेरी अस्पतालका विविध पक्षमा सुधार हुने आमनागरिकले अपेक्षा गरेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

कर्णाली प्रदेशको दैलेख जिल्ला नारायण नगरपालिकामा जन्मिएका थापाले सामुदायिक विद्यालय त्रिभुवन माविबाट प्रवेशिका परीक्षा उत्र्तीण गरे । राजधानीको त्रिचन्द्र कलेजबाट आइएससी उत्र्तीण गरेका थापाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)बाट एमडी गरेका हुन् । डाक्टर थापाले फेलोसीप इन स्पाइन (आईएसआईसी) न्यू दिल्लीबाट गरे ।

पढाईमा अब्बल थापाले एमबिबिएसदेखि सबै शिक्षा छात्रृत्तिमा अध्ययन गरेका हुन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानबाट छात्रबृत्तिमा एमबिबिएस उत्र्तीण गरेका डाक्टर थापाले छात्रबृत्तिमै एमडि उत्तीर्ण गरे । डाक्टर थापाका बुवा मावि तहका शिक्षक हुन् ।