स्वर्गीय कोइरालाको स्मृतीमा स्वास्थ्य शिविर


स्वर्गीय कोइरालाको स्मृतीमा स्वास्थ्य शिविर

नेपालगन्ज: नेपाली काँग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री सुशील कोइरालाको पाँचौं स्मृती दिवसका अवसरमा बाँकेको डुडुवामा शनिबार निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–२, ले आयोजना गरेको उक्त शिविरको काँग्रेस नेता डा. शेखर कोइरालाले शनिबार उद्घाटन गरेका थिए ।

क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताका अनुसार उक्त शिविरमा कुल ४ सय ५७ जना आँखाको जाँच गरिएकोमा ६८ जनाको आँखा शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा रिफर गरिएको छ ।

यस्तै शिविरमा २ सय ७५ जना कान परिक्षण गरिएकोमा २६ जनालाई नेपालगन्ज रिफर गरिएको गुप्ताले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त शिविरमा ९७ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविर उद्घाटनका क्रममा प्रमुख अतिथी कोइरालाले केही बिरामीको स्वास्थ्य परीक्षण पनि गरेका थिए ।

क्षेत्रीय सभापति गुप्ताको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यद्वय दीपक गिरी र चन्द्र भण्डारी, काँग्रेस बाँकेका सभापति किरण कोइराला लगायतले बोलेका थिए ।