नेपालगन्ज :वडा स्तरीय युवाक्लब सञ्जालले रक्तदान कार्यक्रम गरेकोछ । १० नरम्बर वडा कार्यालयको सहयोग तथा क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा उक्त रक्तदान गरिएको हो ।
उपमहानगरपालिका वडा नम्बर १० मा गठित युवा क्लव सञ्जालले रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्दै रक्तदान गर्न जनचेतना फैलाउन रक्तदान गरिएको सञ्जालका अध्यक्ष ऋतिक शाही बताँउछन् ।
उनका अनुसार शनिबार भएको रक्तदानमा स्वयम अफू लगायत सञ्जालको पदाधिकारी गरि २६ जना युवाले रक्तदान गरेको जानकारी दिए । वडा अध्यक्ष विन्दु भुषण बस्नेतले औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन शत्रलाई सम्बोधन गदै वडाअधयक्ष बस्नेतले रगतदान जस्तो पुण्य काममा सवैजनाको साथ र सहयोग जरुरी रहेने औल्याए । उनले भने–‘वडामा रहेका बालक्लब, युवाक्लबले स्वस्फुर्त सामाजिक कार्यहरु गरिरहेकाछन्, यसले वडालाई सघाउ पुगिरहेकोछ ।’
क्लबकी सहसचिव उजश्वी जोशीले आगामीदिनमा रक्तदान कार्यलाई निरन्तरता दिने बताईन ।
यसैबीच, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ स्थित वडा स्तरीय युवा क्लब सञ्जाले सरसफाई कार्यक्रम सम्पन्न गरेकोछ ।
वडाअध्यक्ष उज्वलसिहं राठौर, वडा सदस्यद्वय माया कनोजिया र मुबारक अलि, स्थानीयबासी, युवाक्लबका पदाधिकारी लगायतको उपस्थितीमा सरसफाई कार्यक्रम गरिएको हो ।
वडा कार्यालयदेखि सोनारमण्डीसम्म सरसफाई गरिएको वडा नम्बर ११का युवा क्लबका अध्यक्ष विशाल कश्यमले जानकारी दिए ।