नेपालगन्ज : सुरक्षित कार्यक्षेत्र गुणस्तरीय नर्सिङ्ग सेवा भन्ने मुल नाराका साथ मंगलबार बाँकेमा पनि ५७ औं राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ । नेपालगन्ज शिक्षण अस्पतालमा कार्यरत नर्सहरुले शुभकामना आदान प्रदान संगै करेन्ट लागेर आफ्नो दुई हात र एक खुट्टा गुमाएका बाँकेको बैजानाथ गाउँपालिका ८ मा बस्ने बुद्धिमान कुवँरका लागी कार्यक्रम स्थलमै पैसा सङकलन गरी १५ हजार रुपैया प्रदान गरेका छन ।
नर्सिङ्ग कर्मचारी सगै विरामि भेट्न आएकाहरुले पनि बुद्धिमानको उपचारको लागी सहयोग गरेका थिए । थप रकम उठाएर सहयोग गर्ने नर्सिङ्ग कर्मचारी एङगिरा रेग्मीले जानकारी दिईन् । नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष तथा मानव अधिकार मोनटरिङ्ग नेपालका उपाध्यक्ष डाक्टर विनोद कर्णले बुद्धिमान कुंवरको लागी कृतिम हात खुट्टाका लागी सहयोग गर्ने प्रतिवद्धता जनाएकाछन् ।
कार्यक्रममा नर्सिङ्ग मेट्रोन ममता शर्मा, नेपालगन्ज शिक्षण अस्पताल कर्मचारी सङगठनका बरिष्ठ उप सभापति मुस्लिम खान लगायतको सहभागीता थियो ।