कोरियामा कोरोना: नेपाली श्रमिक नपठाइने


कोरियामा कोरोना: नेपाली श्रमिक नपठाइने

नेपालगन्जः वैदेशिक रोजगार विभागले दक्षिण कोरियामा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाली कामदार नपठाउन आग्रह गरेको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि रोजगारीका लागि नेपाली कामदार तत्काल नपठाइने विभागले जनाएकोछ । विभागका अनुसार आगामी फागुन १८ गते कोरिया पठाउन लागिएको नेपाली कामदार हाललाई नपठाउन सिफारिस गरिएको छ ।

दक्षिण कोरियामा सरकारीस्तरबाट नेपाली कामदार पठाउँदै आएको छ । तथ्यांक अनुसार हालसम्म दक्षिण कोरियामा सरकारीस्तरबाट करिब ४० हजार नेपाली गएकाछन् ।

उता, दक्षिण कोरियास्थित नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सचेतना अपनाउन कोरियामा रहेका नेपालीहरूलाई आग्रह गरिसकेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सिओलस्थित राजदूतावासले सबैभन्दा बढी प्रभावित थेगु तथा आसवासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरूलाई विशेष सावधानी अपनाउन राजदूतावासले आग्रह गरेको छ ।

विश्वव्यापी महामारी बन्दै गएको कोरोना भाइरसको प्रकोप यतिबेला बढ्दै गएकोछ । भाइरसका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै जानु र त्यो भन्दा बढि मात्रामा सक्रमणको संख्या बढ्नुले थप चिन्ता र चासो थपिदिएकोछ ।