नेपालगन्ज : बाँकेको कोहलपुरमा रहेका बैंक तथा वित्तिय संघसंस्थाले हरित नगर निर्माणमा सहयोग गर्ने भएका छन् । कोहलपुरलाई हरित नगरका रूपमा विकास गर्ने कोहलपुर नगरपालिकाको योजना सफल बनाउँन बैंकहरूले पनि सहयोग गर्ने भएका हुन् ।
सामाजिक उत्तरदायित्व बहन गर्दै त्यसक्षेत्रका बैंकहरुको मंगलबार भएको बृहद भेलाले कोहलपुरको प्रमुख केन्द्र वडा नम्बर ११ को विकासमा साथ दिने निणृइ गरेका हुन् । वडा नम्बर ११ का अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको भेलामा त्यसक्षेत्रका डेढ दर्जन बैंक तथा बित्तिय संघसंस्था सहभागि थिए ।
उक्त भेलामा सहभागि नेपाल क्रेडिट एण्ड कमर्श बैंक कोहलपुरका प्रबन्धक बसन्त रेग्मीले उक्त भेलाले शान्ति, सुव्यवस्था, हरित नगर निर्माण र अन्य सामाजिक कार्यक्रममा निरन्तर सहकार्य गर्ने निर्णय गरेको बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले स्थानीय जनप्रतिनिधिहरुसंग छलफल गर्दै आगामी दिनमा सहकार्य गर्दै जाने निर्णय गरिएको रेग्मीले बताए । पछिल्लो समय कोहलपुरक्षेत्रमा बैंक तथा बित्तिय संघसंस्था खुल्ने क्रम बढेको छ ।