नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले दुई वर्षमा एक सय ३२ विघा १६ कठ्ठा ऐलानी जमिन संरक्षणमा लिएकोछ ।
कार्यभार सम्हालेदेखि हालसम्म उपमहानगरपालिका भित्रका एक सय ३२ विघा १६ कठ्ठा साढे १४ धुर ऐलानी जमिन पहिचान गरी संरक्षण गरेको मेयर डाक्टर धवलशम्सेर राणाले बताए ।
उनले उपमहानगपालिकाभित्र बेवारिसे अवस्थामा रहेका ताल र पोखरीको पहिचान गरि संरक्षण गर्ने क्रममा ७० विघा १० कठ्ठा जमिन फेला पारी तारवार गरिएको बताए । ऐलानी, पोखरी र जंगलको जमिन संरक्षण गरि प्रयोगमा ल्याउने योजना बनाएको उपमहानगरपालिकाले दुई वर्षको अवधिमा मन्दिरको ६ कठ्ठा र तीनसय ३८ विघा सात कठ्ठा ५ धुर जंगल संरक्षण गरेको मेयर राणाले जानकारी दिए ।
पोखरीको रुपमा रहेका साना–साना गयाको संरक्षण गरी आवश्यकता अनुसार माटो पटान गरिएको उनको भनाई छ । ‘पोखरीमा माटो पटान गरी खेल मैदान, वडा कार्यालय, नगर स्वास्थ्य क्लिनिक भवन, सामुदायिक भवन बनाउन सुरु भएको छ,’ उनले भने ।
अतिक्रमण भएको सरकारी जमिनको खोजी गरी उपमहानगरको नाममा ल्याइने बताउदै उनले २५–३० करोडको ऐलानी, पर्ती जमिन संरक्षण गरी उपमहानगरको मातहतमा ल्याइएको दावी गरे ।
‘यसलाई उपमहानगरको उपलब्धिको रुपमा लिइएको छ,’ मेयर डाक्टर राणाले भने चालू आवको ८ महिनामा आठ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरिएकोछ ।
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने