नेपालगन्ज: नेपालगन्ज जेसिजले रक्तदान कार्यक्रम गरेकोछ । नेपाल रक्तसञ्चार केन्द्र नेपालगन्जमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि रक्तदान गरेको हो ।
कार्यक्रम संयोजक कान्ति शर्माका अनुसार २८ जनाले रक्तदान गरेका हुन् ।
रगतको अभाव हुन नदिन वर्षमा एक पटक रक्तदान कार्यक्रम गर्दै आएको नेपालगन्ज जेसिजले यो वर्षदेखि वर्षमा ४ पटक रक्तदान गर्ने कार्यक्रम बनाएको नेपालगन्ज जेसिजका अध्यक्ष प्रज्वल श्रेष्ठले बताए । जेसिजको सन् २०२० का अध्यक्ष प्रज्वलले रक्तदान गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
‘मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो’ जेसिजको मूल मन्त्र रहेको छ । रक्तदानमा नेपालगन्ज जेसिज, जुनियर जेसिज, पूर्व अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?