कोरोना संक्रमण : सातै प्रदेशमा स्वास्थ्य टोली परिचालन


कोरोना संक्रमण : सातै प्रदेशमा स्वास्थ्य टोली परिचालन

नेपालगन्जः कोरोना भाइरसको विश्वव्यापी संक्रमण देखेपछि नेपालमा थप सर्तकता अपनाइएकोछ । कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको भन्दै विश्व स्वास्थ्य संगठनले बताएसगैं नेपाल सरकाले थप सर्तकता अपनाएको हो ।

नेपालमा कोरोना संक्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कार्ययोजना तयार गरि स्वास्थ्य मन्त्रालय अघि बढेकोछ ।

कोरोना संक्रमण रोक्न सातवटै प्रदेशमा आवश्यक सामग्रीसहित स्वास्थ्य टोली परिचालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरिएको हो ।

तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको छ भने कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको छ । कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य कक्षमा जनशक्ति र तीनवटा इन्फ्रारेड रेडिएशन थर्मोमिटर थप गरी नेपाल आउने सबै यात्रुको अनिवार्य जाँच गर्ने प्रवन्ध मिलाइएको छ ।