कोरोनाभाइरसको डरले इरानमा ५४ हजार कैदी रिहा


कोरोनाभाइरसको डरले इरानमा ५४ हजार कैदी रिहा

नेपालगन्जः विश्वव्यापी सक्रमण बढ्दै गएको कोरोनाभाइरसको डरले इरानमा करिब ५४ हजार कैदी बन्दीलाई अस्थायी रुपमा रिहा गरिएको छ ।

जुन जेल कैदी बन्दीले भरिएका छन् त्यहाँ कोरोना संक्रमण बढ्न सक्ने भन्दै रिहा गरिएको बीबीसीले जनाएको छ ।

न्यायपालिकाका प्रवक्ता घोलहुसैन इस्माइलीले पत्रकारसँग कुरा गर्दै उनीहरुको स्वास्थ्य चेकजाँचपछि केही समयका लागि रिहा गरिएको हो ।