नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाका सामुदायिक तथा निजी विद्यालयविच चैत्र ५ गते भित्र परीक्षा सञ्चालन गरिसक्नुपर्ने सहमति भएकोछ । आज उपमहानगरपालिकामा बसेको त्रिपक्षिय बैठकले यस्तो सहमती गरेको हो ।
विश्वब्यापी संक्रमणका रुपमा भएको कोरोना भाइरसको प्रकोप नेपालमा पनि देखिन सक्ने भन्दै जोखिम न्यूनिकरण गर्न बाँकेभरीका विद्यालयमा पूर्वनिर्धारित वार्षिक तालिका अगावै परीक्षा सम्पन्न गरिसक्नुपर्ने उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख गोरखबहादुर थापाले बताए ।
उनका अनुसार फाल्गुनको २८ गतेदेखि नर्सरीदेखि ९ कक्षासम्मको वार्षिक परीक्षा चैत्र ५ गतेभित्र सम्पन्न गर्नैपर्नेछ ।
कोरोना भाइरसका कारण यतिखेर विश्वनै आक्रान्त बनेको छ । नेपालमा पनि कोरोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै सरकारले सर्तकता अपनाउदै अपनाएकोछ ।
सामुदायिक तथा निजी विद्यालयले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै वार्षिक कार्यतालिका अगावै वार्षिक परीक्षा गर्ने तय गरेकोछ । यसले विद्यालय, विद्यार्थी तथा अभिभावकमा दवाव सिर्जना भएकोछ ।
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा