नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाईले औषधीको सेवन दर बढेकोछ । विगतमा औषधी खुवाउनै हम्मे हम्मे पर्ने उपमहानगरक्षेत्रमा यो वर्ष औषधी सेवन दर बढ्ेको उपमहानगरपालिका अन्र्तगत स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।
उनका अनुसार अहिले उपमहानगरपालिका क्षेत्रमा ५२ प्रतिशतले उक्त औषधी सेवन गरेका छन् । यसअघि यसरी औषधी सेवन गर्नेको संख्या यो भन्दा कम थियो । गतवर्षमा ३९ प्रतिशतले औषधी सेवन गरेका थिए ।
नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १८ मा सबैभन्दा बढि ८४ प्रतिशतले औषधी सेवन गरेका छन् । यसैगरी वडा नम्बर २१ मा ८३ प्रतिशत १० मा ७० प्रतिशत, १३ मा ६७ प्रतिशतले औषधी सेवन गरेका छन् ।
बाँकेमा नेपालगन्ज उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहले कति प्रतिशत औषधी सेवन गराए भन्ने यकिन विवरण नआएको जनस्वास्थ्य कार्यालयकी दुर्गा गौतमले बताईन । उनका अनुसार बाँकेका गाँउपालिकाले अहिलेपनि उक्त औषधी खुवाईरहेकोले रिपोर्ट आउन ढिलाई भएको हो ।
फागुन अन्त्यसम्म सवै स्थानीय तहले आधिकारिक रिर्पोट पठाएपछि मात्रै जिल्लाको पूर्ण विवरण दिन सकिने गौतम बताउँछिन् । यसवर्ष उक्त औषधी सेवन गराउँदा बाँकेको डुडुवा गाँउपालिकामा म्याद गुज्रेको औषधी वितरण भएको हल्ला चलेको थियो।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?