कोरोना संक्रमण: इटलीमा एकै दिन २५० जनाको मृत्यु

भारतमा मृत्यु हुनेको संख्या २ पुग्यो, ८२ जना संक्रमित


कोरोना संक्रमण: इटलीमा एकै दिन २५० जनाको मृत्यु

नेपालगन्ज: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ ।
युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ ।

कोरोना भाइरस (कोेभिड १९) संक्रमणबाट छिमेकी मुलुक भारतमा थप एक जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्लो पटक दिल्लीको पश्चिम क्षेत्रकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो । ती मृतक महिलाको छोरो पनि कोरोनो भाइरसबाट संक्रमित रहेको समाचारमा उल्लेख छ । ती महिला पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्सनको बिरामी थिइन् ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना भाइरसबाट भारतमा पहिलो मृत्यु कर्नाटकको कलबुर्गी भन्ने स्थानमा भएको थियो । उनी ७६ वर्षीय वृद्ध थिए र केही दिन अगाडि साउदी अरबबाट भारत फर्किएका थिए ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमितहरुमध्ये ६५ जना भारतीय र १७ जना विदेशी छन् । संक्रमित दुई जना व्यक्ति भने उपचारपछि निको भएका छन् ।

डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन्, भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।

थप समाचार

नेपालगन्जदेखि १९० किमि टाढा कोरोना भाइरस