नेपागलगन्जः विश्वब्यापी कोरोना भाइरसको संत्रास बढेसगैं नेपालगन्जमा मास्क र स्यानिटाइजर पाउन छाडेकोछ । बाँकेको नेपालगन्जमा केही सातादेखि माक्स र स्यानिटाइरजर सहजै पाउन छाडेको हो ।
कोराना भाइसरले नेपाल पनि उच्च जोखिममा रहेको चर्चासँगै यहाँका माक्स र स्यानिटाइरजमा समेत कालोबजारी हुन थालेको हो । व्यवसायीले माक्स र स्यानिटाइजरलाई लुकाएर कृतिम अभाव सिर्जना गरेपछि सर्वसाधरणले सहजै पाउन सकेकाछैनन् ।
माक्स र स्यानीटाईजरको खोजीमा पसल धाइरहेकी नेपालगन्ज उपमहानगरपालिका १२, कोरियनपुरकी श्वेता श्रेष्ठले सेतोखरीसंग भनिन्–‘सदरलाईनदेखि हस्पिटल सम्म, डिर्पाटमेन्टदेखि भाटभटेनीसम्म धाएँ तर, पनि डिस्पोजल(मेडिकल) मास्क र स्यानीटाइजर पाएन ।’
नेपालगन्ज बजारभरि धाएर पनि मास्क र स्यानीटाईजर नपाएकी श्रेष्ठले आक्रोसित हुदै भनिन्–‘मास्क र स्यानीटाइजर सहजै पाउन सकिरहेका छैनौं यस्तो अवस्थामा सरकार के गरिरहेकोछ ? हामीले कहाँबाट पाउने ?’
अझ पछिल्लो समय नेपाल–भारत सीमा नाका बन्द हुने हल्ला चलेसगैं नेपालगन्ज बजारमा माक्स र स्यानीटाइजरको कालोबजारी भइरहेकोछ । उपभोक्ताले सहजै पाउन सकिरहेका छैनन् भने बजार अनुगमन गर्ने स्थानीय प्रशासन मौन बसिरहेकोछ ।
विश्वव्यापी आपतकाल घोषणा भएसगैं बजारमा छोटो समयमा मोटो रकम कमाउन खोज्ने ब्यापारी र दलाललाई कारबाही गर्नुपर्ने भाटभटेनीमा भेटिएकी सुस्मिता थापा बताउँछिन् । उनले बजारको प्रभावकारी अनुगमन गर्न माग गर्दै भनिन् –‘यस्तो जोखिम अवस्थामा माक्स र स्यानीटाइजर कसले दिन्छ ?’
यस्तै भेरी अस्पताल प्राङ्गमा रहेका साझा औषधी पसलमा माक्सको खोजी गर्दै पुगेका नेपालगन्ज फुल्टेक्राका दिनश गुप्ता अस्पतालमै माक्स नपाउनु विडम्बना भएको बताए । उनले –‘आपतकालिन अवस्थामा अत्यावश्यक वस्तुमा सर्वसाधरणको सहज पहुँच हुनसक्नु सरकारको लापरबाही भएको बताए ।’
यतिबेला कोरोना भाइरसको जोखिमलाई लिएर मानिसहरु सबै त्रासमा छन् । त्रासकै कारण आमनागरिक दुई रुपैयाँमा पाईने माक्स ५० रूपैयाँ तिर्नबाध्य छन् । तर, सर्वसाधरणले पछिल्लो एकहप्तादेखि माक्स र स्यानीटाईजर सहजै पाउन सकेकाछैनन् ।
कोरोनाको सम्भावित जोखिमबाट बच्ने भनेकै स्वास्थ्य सतर्कता अपनाउने हो । डिटोल जस्ता साबुन पानीले हात धुने, मास्क देखि ग्लोब्स लगाउनेसम्मका पूर्व सतर्कता अपनाउने हो । तर, बजारमा यतिबेला यी तीनवटै सामाग्रीको कृत्रिम अभाव सिर्जना गरिएको छ । जहाँ पाइएको छ, त्यो पनि महङ्गो मूल्यमा खरिद बिक्री भइरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । स्वास्थ्य संस्थामा यस्ता सामाग्रीको अभाव सिर्जना हुन थालेको छ ।
यसको प्रभावले नेपागन्जको बजारमा माक्स र स्यानीटाइजरको कालोबजारी बढेको एक व्यवसायीले बताए । कोराना भाइरसको प्रकोपबाट बच्न माक्सको प्रयोग बढेसँगै बजारमा माक्स र स्यानीटाइजर पाउन छोडेको छ ।