हरेक दिन कोरोना परीक्षण तर, सबै नेगेटिभ


हरेक दिन कोरोना परीक्षण तर, सबै नेगेटिभ

नेपालगन्ज: हरेक दैनिक १५ जनासम्मको कोरोना भाइरस (कोभिड १९) को आशंकामा नमुना परीक्षणका लागि आउने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका अनुसार हरेक दिन १५ जनासम्म कोरोना आशंकामा विभिन्न निजी तथा सरकारी अस्पतालहरूले १५ जनासम्मको नमुना पठाउने गरेका छन् । तर, कोरोनाको आशंकामा गरिएर कोरोना परीक्षण गर्दा ती व्यक्तिको इफ्लुएन्जा र हङकङ फ्लु देखिएको पाइएकोछ ।

प्रयोगशालामा आएका नमुना परीक्षण गर्दा स्वाइन फ्लु र हङकङ फ्लु बढी देखिएको राष्ट्र्यि जनस्वास्थ्य प्रयोगशालाले जनाएकोछ । जनवरीदेखि मार्च १३ सम्म अथार्त तीन महिनामा आठ सय ८७ जनामा नमुना परीक्षण गरिएकोमा तीन सय ८५ जनामा मौषमी रुघाखोकी देखिएको छ । हाल कोरोना ४ सय ६४ जनामा कोरोना संक्रमणको आशंकामा स्वास्थ्य परीक्षण गरिएपनि सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै हालसम्म कोरोना परीक्षण गरेका ३५ प्रतिशतमा मौसमी रुघाखोकीको समस्या देखिएको प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ता बताउँछन् । उनका अनुसा ‘दैनिक ५० जनासम्मको नमुना परीक्षणका लागि नमुना प्रयोगशालामा आउने गरेकोमा करिब १५ जना कोरोनाको आशंकामा नमुनाहरू आउने गरेका छन् ।’

Kanti Aarogya Hospital Nepalgunj

विश्वब्यापी महामारी बन्दै गएको कोरोना भाइरसबाट बच्न हात मिलाउने, गला मिलाउने भन्दा निश्चित दूरीबाट नमस्कार गर्ने, राम्रोसँग करिब २० सेकेण्डसम्म साबुन पानीले हात धुने, भीडमा नजानेजस्ता कुरामा ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।