मोबाइलफोन ह्वावे वाई सेभेन पी सार्वजनिक


मोबाइलफोन ह्वावे वाई सेभेन पी सार्वजनिक

नेपालगन्ज: ह्वावे कन्ज्युमर बिजनेस ग्रुपले ह्वावे वाई सिरिज अन्तर्गतको स्टाइलिस नयाँ मोबाइलफोन ह्वावे वाई सेभेन पी नेपाली बजारमा सार्वजनिक गरेको छ ।

जीवनका रमाइला तथा अविस्मरणीय पलहरू कैद गर्नका लागि ४८ एमपीको मेन क्यामरासहितको ट्रिपल क्यामरा सिस्टम रहेको छ । यो स्मार्टफोन कालो र नीलो (युनिक ओरोरा ब्लु) रंगहरूमा उपलब्ध छ । चारजीबी ¥यानम तथा ६४ जीबी स्टोरेज भएको यस ह्वावे वाई सेभेन पी को मूल्य नेपाली बजारमा २ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ ।

यसमा एफ- १.८ वाइड एपर्चर लेन्ससहितको ४८ एमपीको मेन क्यामरा रहेको छ । जसमार्फत् हाई रेजलुसनको तस्वीरहरू लिन सकिने बताईएको छ । यसमा रहेको आठ एमपीको अल्ट्रा वाइड क्यामराले ल्यान्डस्केप सटहरू, समूहमा खिचिने फोटोहरू तथा वाइड एंगल भिडिओ खिच्नका लागि एक सय २० डिग्री फिल्ड अफ भ्यूलाई सपोर्ट गर्ने गर्छ ।

शोस्टपरका रुपमा डिजाइन गरिएको ह्वावे वाई सेभेन पी मा आकर्षक पन्च फूल भ्यू डिस्प्ले जडित रहेको छ । ६ दशमलव ३९ ईन्च अग्लो र थोरै बेजल भएको यस मोबाइलफोनले १५६० ह ७२० एचडी प्लस रेजलुसन सपोर्ट गर्ने कम्पनीले बताएको छ । यसमा ग्राहकलाई लोभ्याउने खालको डिस्प्ले राखिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

ह्वावे वाई सेभेन पीको कोरमा ह्वावे मोबाइल सर्भिसेस– एचएमएस जडित छ जसमार्फत् प्रयोगकर्ताहरूले आफ्नो मोबाइलफोनमा एपहरू सजिलै डाउनलोड गर्न सक्ने प्लेटफार्म रहेका छ । ट्रेन्ड सेटिङ पन्च फूल भ्यु डिस्प्ले, विशेष डिस्प्ले प्यानल, मोबाइलफोन इन्डष्ट्रीकै अग्रणी ब्लाइन्ड होल सलुसन छ ।

४८ एमपी मेन क्यामरा सहितको रियर ट्रिपल क्यामरा, फोटो तथा भिडिओ सेयर गर्नका लागि १२० डिग्री एंगल अफ भ्यू, परिष्कृत नाइट मोड, एआई सिन रेक्ग निशन छ । जसमा चार हजार एमएएचको ठूलो ब्याट्री छ ।