नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाले पशु सुत्केरी भत्ता वितरण शुरू गरेको छ । नगरपालिकाको आर्थिक सहयोग र नगर पशु सेवा शाखाको सहजिकरणमा कोहलपुर नगरपालिका भित्रका माघ महिनामै सुत्केरी भएका २६ जना किसानहरुलाई पशु सुत्केरी भत्ता वितरण गरिएको छ ।
नगरपालिकाका मेयर लुटबहादुर रावतले किसानहरुलाई पशुहरू सुत्केरी हुँदा आवश्यक पोष्टिक आहारहरु खाउन सकुन भन्ने लक्ष्यका साथ कार्यक्रममा शुरू गरिएको बताएका छन् ।
उनले कोहलपुर नगरपालिकाले बाँके जिल्लामै पहिला पटक पशु सुत्केरी भक्ता वितरण शुरू गरेकाले यसलाई निरन्तरता दिने बताए । नगरपालिकाले आगामी वर्षदेखि पुशकोजन्म दार्ता गरेपछि मात्र सुत्केरी भत्ता पाउने नीति लिएको मेयर रावतले बताएका छन् ।
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?